असार २८ गतेदेखि श्रावण ३ गतेसम्मको राशीफल – ज्यो. धनानन्द

मेष ः

साता मध्यम किसिमको रहनेछ । स्वास्थ्योपचारको लागि धन खर्चनुपर्नेछ । आम्दानी सोचेजस्तो हुने देखिँदैन । मामाघरबाट राम्रो लाभ मिल्नेछ । पे्रम सम्बन्धमा सुधार हुने देखिन्छ । वाहन सुख मिल्नेछ । शत्रु परास्त गर्न सकिनेछ । रातो रंगको प्रयोग यो साताको लागि लाभदायक छ ।

वृष ः

राम्रो समय चल्ने देखिन्छ । आँटेका काममा सफलता मिल्ने देखिन्छ । नयाँ नयाँ सोच र जोसले साता बित्नेछ । शिक्षाको क्षेत्रमा सुधार हुने देखिन्छ । दौडधुपमा समय अगि बढ्नेछ । पे्रम सम्बन्धमा भने खटपट पर्ने देखिन्छ । सेतो रंगको प्रयोग गर्नु यो साताको लागि राम्रो हुनेछ ।

मिथुन ः

बौद्धिक स्थिति सामान्य रहला । धनार्जनको समय रहेको छ । दाम्पत्य जीवन मधुर बन्दै जाला । टाउकाको समस्याले सताउन सक्नेछ । नोकरीमा अपहेलनाको सिकार बन्नुपर्ने हुनसक्छ । शैक्षिक क्षेत्रमा सुधार हुनेछ । हरियो रंगको प्रयोग साताको लागि उपयुक्त रहन्छ ।

कर्कट ः

आँटेका काम पूरा गर्न अलिक मिहिनेत गर्नुपर्ने छ । पढाइ लेखाईको क्षेत्रमा समय खर्चनुपर्नेछ । प्रेमी पे्रमिका बीचको सम्बन्धमा माधुर्यता बढ्नेछ । राजनीतिक क्षेत्रमा हुनुहुन्छ भने अलि विचार पु¥याएर बोल्नु पर्नेछ । सेतो रंगको प्रयोग साताको लागि उपयुक्त हुनेछ ।

सिंह ः

अनावश्यक धन खर्चले मन असान्त बनाउने देखिन्छ । आफन्तको सहयोग प्राप्त हुनेछ । व्यापार व्यवसायमा मन जाने देखिन्छ ।  सवारी साधन प्रयोगमा विचार पु¥याउनु पर्ला दुर्घटनाको योाग रहेको छ । पशु चौपायाबाट लाभ मिल्ने देखिन्छ । रातो रंगको प्रयोग यो साताको लागि उपयुक्त हुन्छ ।

कन्या ः

लग्नको राहुले वाणीमा अवरोध पु¥याउने छ । सेतो पदार्थबाट लाभ मिल्नेछ । दाजुभाइको सम्बन्धमा मनमुटाव आउन सक्नेछ । शिक्षा क्षेत्रमा बाधा पर्ने देखिन्छ । साताको अन्त्यमा मिल्ने साथीको सहयोगले मन शान्त बनाउँला । हरियो रंगको प्रयोग साताको लागि राम्रो रहला ।

तुला ः

मौसमी रोगको शिकार बन्न सकिनेछ । बोलिको असावधानीले शत्रु बढ्नेछन् । सामान्य दुर्घटनाको सम्भावना देखिन्छ । मिष्ठान्न भोजन प्राप्त हुनेछ साथी भाइको सहयोग प्राप्त हुने देखिन्छ । श्रीमान श्रीमती बीचको सम्बन्धमा माधुर्यता थपिनेछ । सेतो रंगको प्रयोग साताको लागि उपयुक्त छ ।

वृश्चिकः

प्राकृति विपत्तीप्ले दुःख दिनेछ । मन अशान्त बनाउनेछ । कडा मिहिनेतबाट शैक्षिक क्षेत्रमा सफलता प्राप्त हुनेछ । वैदेशिक यात्राको सम्भावना प्रबल देखिन्छ । उपहार प्राप्त गर्नुहुनेछ । साताको उत्तरार्धमा समय अनुकूल रहला । रातो रंगको प्रयोग साताको लागि राम्रो हुनेछ ।

धनु ः

आमाबुबाको साथ राम्रो मिल्ने देखिन्छ । खेतिपातीको काममा समय बित्नेछ । दाम्पत्य जीवनमा प्रगाढता बन्ला । शिक्षा क्षेत्रमा खासै मन जाने देखिन्न । सरुवा रोगबाट टाढै रहनु पर्नेछ । आम्दानीको मार्ग फराकिलो बन्ने देखिन्छ । यात्राको योग रहेको छ । पहेँलो रंगको प्रयोग साताको लागि राम्रो हुनेछ ।

मकरः

शैक्षिक कार्यमा समय खर्चनु पर्नेछ । स्वास्थ्यमा सुधार हुनेछ । आँटेका काम पूरा गर्न समय बढी दिनुपर्नेछ । धार्मिक यात्राको योग रहेको छ । साथीभाईको सहयोगले मन प्रसन्न बनाउने छ । साहित्यिक कार्यमा रुची बढ्नेछ । कालो रंगको प्रयोग साताको लागि लाभदायक हुने देखिन्छ ।

कुम्भ ः

सन्तान सुख राम्रो मिल्नेछ । शत्रु बढेपनि निस्तेज पार्न सकिनेछ । व्यर्थको व्ययभारमा नियन्त्रण क्षमता बढ्ला । अध्ययन क्षेत्रमा सफलता मिल्ने देखिन्छ । वैवाहिक बन्धनमा बाँधिने समय आएको देखिन्छ । कालो रंगको प्रयोगले मन स्थिर र लाभ मिल्ने देखिन्छ ।

मीनः

स्वास्थ्यमा समस्या देखिन सक्छ । आफन्त टाढिन सक्नेछन् । व्यापार व्यवसायमा ठूलो उपलब्धि पाउन सकिएला जस्तो देखिँदैन । नोकरीमा खिचातानीको अवस्था देखिन्छ । पतिपत्नी बीचको सम्बन्धमा प्रगाढता थपिनेछ । पहेँलो रंग साताको लागि लाभदायक छ ।

Post a Comment

0 Comments