माधवनारायण मन्दिरको लागि क्षमा पूजा, वडा अध्यक्ष श्रेष्ठद्वारा २ लाख बढी सहयोग




– कृशु श्रेष्ठ –

२०७८ साउन १ गते 

लावण्य/साँखु । यही असार ३१ गते साँखुको महत्वपूर्ण सम्पदा माधवनारायण व्रत पूजा गर्ने जगटी नजिकै निर्माण गर्न लागेको माधवनारायण मन्दिरको निर्माण सुरु गर्नु अगाडि गर्नुपर्ने विशेष क्षमा पूजा सम्पन्न गरिएको छ ।

सो अवसरमा शंखरापुर नगरपालिका वडा नं. ६ का अध्यक्ष राधाकृष्ण श्रेष्ठले व्यक्तिगतरुपमा २ लाख ११ हजार १ सय ११ रुपैयाँ आथिक सहयोग गर्नुभएको छ ।

सो रकम उल्लेखित चेक वहाँले नगरप्रमुख सुवर्ण श्रेष्ठलाई र नगरप्रमुख श्रेष्ठले श्री माधवनारायण स्वस्थानी व्रत तथा शालिनदी सुधार समितिका अध्यक्ष मिजेन्द्रकाजी श्रेष्ठलाई हस्तान्तरण गर्नुभएको थियो ।

क्षमा पूजा साँखुका राजपुरोहित सुदन राजोपाध्यायले गर्नुभएको थियो । वडा अध्यक्ष श्रेष्ठले यस अघि २ लाख सहयोग गर्ने घोषणा गर्नुभएकोमा सहयोग गर्ने क्रममा उहाँले केही रकम बढाएर गर्नुभएको थियो ।

क्षम पूजाको अवसरमा मेयर श्रेष्ठ, वडा अध्यक्षहरु विष्णुप्रसाद श्रेष्ठ, राधाकृष्ण श्रेष्ठ लगायत लब्ध प्रतिष्ठिन व्यक्तिहरुको उपस्थिति रहेको थियो ।

मन्दिरको डिजाईन आर्किटेक्ट इञ्जिनियर अनिल श्रेष्ठले गर्नुभएको थियो । सो मन्दिर करीब ३ करोड ५० लाख रुपैयाँको लागतमा निर्माण हुन लागेको हो । यो रकम बनाउँदै जाने क्रममा केही बढ्न सक्ने बताइएको छ ।

यो वर्ष जग राख्ने र १ तल्ले फाउण्डेसन बनाउने अर्को वर्ष यो मन्दिर पूरा गने लक्ष्य लिईएको छ ।

मन्दिर निर्माणको लागि विभिन्न दातृनिकाय र दाताहरुसँग कुराकानी भईरहेको तथा केही सहयोग आईसकेको हुँदा मन्दिर निर्माण समयमै पूरा गर्न सकिने बताउनुहुन्छ श्री माधवनारायण स्वस्थानी व्रत तथ शालिनदी सुधार समितिका अध्यक्ष मिजेन्द्रकाजी श्रेष्ठ

Post a Comment

0 Comments