यौन (सेक्स)बारे जानकारी

यौनका कुरा

– प्रस्तुती ः नविना राई

यौन (सेक्स)बारे जानकारी

सेक्स एक यस्तो प्रवृत्ति हो जुन सृष्टिका समस्त प्राणीमा कुनै न कुनै प्रकारले विद्यमान रहेको पाइन्छ । यस प्रकार जीवनधारी सम्पूर्ण प्राणीमा भोक मेटाउनको लागि खाना, प्यास मेटाउनको लाग पानीको आवश्यकता भएझैं शारीरिक तृप्तिको लागि काम बासनाको भावना उत्पन्न हुन्छ र प्राणीहरु सेक्स संसर्ग गर्न पुग्छन । यसरी दुृई लिंगीको रतिक्रियालाई नै सेक्स भनिन्छ ।

सेक्सको परिभाषा के हो ? यस प्रश्न प्रत्येक व्यक्तिको मन मस्तिष्कमा उठ्न सक्छ जसले यस विषयमा सोच विचार गर्दछ । सेक्स बारेमा अनेक विद्वान, मनोवैज्ञानिक र यौन विज्ञान विशेषज्ञले अनेक विचार व्यक्त गरे पनि सारांशमा सेक्सको रुप एकै प्रकारको रहेको छ ।

संसारको सबैभन्दा पुरानो ग्रन्थ ऋग्वेदका अनुसार(श्रद्धा, भक्ति, स्नेह, वात्सल्य, कृपा, मित्रता, चुम्बन, आलिंगन आदिमा कुनै न कुनै रुपमा काम वासमनाको अंश सजग रहेको हुन्छ ।

प्रशिद्ध कामशास्त्री आचार्य वात्स्यायन भन्छन्( मन र आत्माको अधिनिष्ट पाँचौं ज्ञानेन्द्रियको आ(आफ्नो विषयमा जो अनुकूल प्रवृत्ति हुन्छ, त्यही नै सेक्स हो ।

हरेक प्राणीलाई भोक र प्यासको भावना जन्मजात हुन्छ । बच्चादेखि नै कामभावना कुनै न कुनै रुपमा विद्यमान रहन्छ । फरक केवल यही हो कि बालक वा सैसवकालमा यस प्रकारको उत्तेजना उत्पन्न हुँदैन भने किशोर वा युवा अवस्थामा यसको उत्कृष्ट इच्छा हुन पुग्दछ ।

सेक्स विख्यात मनोवैज्ञानिक सिंग्मण्ड फ्रायड यस्तो तर्क राख्छन्(जव बच्चा भोक मेटाउनको लागि आमाको दूध पिउँछ, त्यस अवस्थामा सेक्स सन्तुष्टि प्राप्त भएको हुन्छ । उनकै मत अनुसार बच्चाको हातका औंला आमाले चुस्न पुग्छिन् त्यो सेक्स प्रवृत्ति हो । फ्रायडको यस भनाईमा अधिकांश मनोवैज्ञानिकहरु सहमत हुन पुगेका छन् । यस प्रकार सर्वमान्य कुरा हो कि, सेक्स संसारका हरेक प्राणी तथा मानव जातिको लागि शारीरिक एवं मानसिक सुख प्राप्तिको तृप्तिको साधन हो तर पनि अन्य प्राणीको तुलनामा मानिस यसलाई सदैव सुख प्राप्तिको साधनको रुपमा लिन इच्छुक रहन्छ । यसको लतबाट मानिस कहिल्यै पनि टाढा रहन सक्दैन । त्यसैले संसारमा जति पनि यौनजन्य क्रियाकलाप भइरहेको देखिन्छ यसमा कामवासनाको भावना जागृत भएर नै हुने गर्दछ ।

यदि प्रणीहरुमा यस भावनाको जागृत नहुने हो भने सृष्टिको चक्र नै अन्त्य हुन जान्छ र संसार चल्न सक्दैन । त्यसैले सृष्टिको चक्रलाई निरन्तर चलाई राख्न पनि जीवनधारी प्राणीको भाले जाती र पोथी जातीमा सेक्स सम्बन्ध रहनु पर्दछ जुन लगातार हुनु आवश्यक छ । त्यसैले यौन सम्बन्धले नै संसारका हरेक प्राणी, बोट(विरुवा, किट(पतंग, मानिस आदिको वंश बृद्धि तथा निरन्तरताको लागि नै भाले पोथीमा परस्पर यौन सम्बन्ध कायम रहनु आवश्यक हुन्छ । सम्भोग क्रियाको फलस्वरुप वंशानु परम्परा अनुसार नयां पिंढीको जन्म हुन्छ । सम्भोग क्रियाको मुख्य गुण पनि सृष्टिको नियमलाई निरन्तर चलाइ राख्नु नै हो ।

सेक्सको विषय समाजका ठेकेदारले यस दुनियाँमा गोप्य अथवा अछुत विषय बनाएका छन् । परिणाम स्वरुप यस विषयमा चर्चा गर्नका लागि समाजमा बर्जित छ । यो फोहोरी, घृणित तथा त्याग्य विषयसम्म बनेको छ ।  जसो तसो, यस कार्यमा लाग्ने जाती छन्, उनीहरुयही कार्यमा अधिक लागेका हुन्छन् । यो प्रतिक्रियात्मक सिद्धान्त हो । तर पनि यो कानूनको कुरा हो । कानूनमा वेश्यावृुित्त बर्जित छ । तर हामी आफै जान्दछौं कि वास्तविकता के हो ? कोठामा वेश्या छन् । गल्ली गल्लीमा वेश्यालय फैलाएर गएको छ । होटल, क्लव, रेष्टुरेण्ट तथा प्राइभेट हाउसमा समेत । कानूनको धज्जी आम सडकमा ग्राहक पर्खेर बस्ने केटीले उडाएका छन् । त्यसैले यो कोठे वेश्यावृत्तिको घोर विरोध गर्नु पर्दछ । परन्तु जुन ढंगले जुन कानूनले यस विषयमा प्रतिबन्ध लगाउन गएको छ, यसको रुपमा परिवर्तनको आवश्यकता छ । साथै यसमा समय अनुकूल जात जातिको प्रवृत्ति अनुसार उनीहरु किन वेश्यागमनमा लागि परे र यसले समाजमा किन गलत धारणा बनायो यसको कारण एकै छ । कुनै महिला किन वेश्या हुन्छे । ऊ आफै वेश्या बनेको हो वा उसलाई कसैले बनाउन बाध्य बनायो । सेक्सको भावनामा तृप्ति लिएर पनि अतृप्त लाग्न सक्छ । यस अतृप्ति के हो ? यस प्रश्नको उत्तर खोज्ने हो भने यहीं मिल्छ कि सेक्स खुला रुपमा बर्जित, कुण्ठित र अनभिज्ञताको कारणले हो ।

सेक्सको विषयमा जसले अध्ययन गर्दछ, जसले कामको महत्व बुझ्छ, जो सेक्स जीवनको अनिवार्यता मान्छ, उसले मात्र सेक्स कला जानेको हुनछ । यसमा उसले अतृप्त कुरा भेटाउने छ । त्यसैले ऊ कोठीको चक्करमा लाग्छ । अतः सेक्सको सम्झना अनिवार्य हुन्छ । सेक्स बिना कुनै पनि ज्ञान अधुरो रहन्छ । मन तथा शरीर दुवै विज्ञानका अंग हुन् । विज्ञानको विना ज्ञान, विना बुझाई उपदेश दिनेवाला समाजको विनाशको कारण पनि हुन  हुन सक्छ । हाम्रो प्राचीन संस्कृति, धर्म र ज्ञानको गहिराई सर्वथा विचार(मनन क्रिया हो । तर दुर्भाग्यवश पछि विना बुझाई समाज सुधारको तौर तरिका प्राचीन ग्रन्थमा लेखेको शब्द वा भाषाको सम्झनाको कारण आफ्नो तथा अरुको एकदमै ठीक विपरित, समाजमा विपरित प्रभाव पर्न जान्छ र त्यसले निराश, कुण्ठा र समाजमा अपराध तथा व्यभिचार बढ्न सक्छ । अतः हामी सर्वप्रथम यस कुरालाई स्वीकार गर्न चाहन्छौं कि सेक्स कुनै घृणित अथवा दुत्कार्न पर्ने विषय होइन । सेक्स या वासना अन्य प्राणीको साथै मानव जातिको मूल प्रवृत्ति हो, जन्मजात भावना हो, सृष्टिको अनिवार्य नियम हो ।

(प्रतिक्रियाको लागि धिकबलमभकज२नmबष्।िअयm)

Post a Comment

0 Comments