शंखरापुरमा सक्रिय सक्रमित १४७ मा सीमित



लावण्य/साँखु । शंखरापुर नगरपालिकामा कोभिड १९ को दोस्रो लहर चल्दा अहिलेसम्मको संक्रमितको संख्या २ सय ८५ पुगेको छ भने सक्रिय संक्रमितको संख्या भने घट्दै गएर अहिले १ सय ४७ मा सीमित भएकोछ ।

शंखरापुर नगरपालिकाको रेकर्ड अनुसार केही दिनयता संक्रमितको निको हुने दर बढ्दै गएको देखिन्छ । नगरपालिकाको जेष्ठ १२ गतेको डाटा अनुसार कोभिड १९ बाट ११ जना संक्रमित थपिए भने २१ जना संक्रमित निको भएका छन् । हालसम्म १३ जना कोभिड १९ बाट निधन भएको छ । जसमा ६ जना महिला र ७ जना पुरुष रहेका छन् ।

त्यो रेकर्डमा नगरपालिका भित्र बसोबास नगर्ने मृतकहरुको संख्या भने उल्लेख छैन ।

दोस्रो लहर सुरु भएयता जम्मा २ सय ८५ जना संक्रमित भएका छन् । त्यसमा १२८ महिला र १५७ पुरुष रहेका छन् ।

सक्रिय संक्रमितको संख्या १ सय ४७ रहेको छ जसमा महिला ६२ र पुरुष ८५ रहेको छ ।

त्यसैगरी संक्रमित भई निको भएकाहरुको संख्या १२५ पुगेको छ । जसमा ६० जना महिला र ६५ जना पुरुष रहेका छन् ।

त्यसो त अस्पतालमा रहेका संक्रमितहरुको संख्या हिजोको दिनमा १३ मात्रै रहेको छ जसमा ११ जना पुरुष र २ जना महिला रहेको छ ।

अहिलेसम्म होम आईसोलेसनमा रहेकाहरु १३४ जना छन् जसमा महिला ६० र पुरुष ७४ रहेका छन् ।

नगरपालिकाले नगरका सबै नागरिकहरुलाई आफु सुरक्षित रहन र अरुलाई पनि सुरक्षित राख्न कोभिड १९ को प्रोटोकल पालना गर्न अनुरोध गर्दै आईरहेको छ ।

वडा अनुसार कोभिड–१९ को स्थिति, रिकभरी दर  कम

वडा नंं. १ मा २३ निको भएका १० जना, सक्रिय संक्रमित १२ जना, मृत्यु १ जना 

वडा नंं. २ मा २० निको भएका ४ जना, सक्रिय संक्रमित १६ जना, मृत्यु ० जना

वडा नंं. ३ मा ३६ निको भएका ८ जना, सक्रिय संक्रमित २७ जना, मृत्यु १ जना

वडा नंं. ४ मा २३ निको भएका १२ जना, सक्रिय संक्रमित १० जना, मृत्यु १ जना

वडा नंं. ५ मा २० निको भएका ४ जना, सक्रिय संक्रमित १२ जना, मृत्यु ४ जना

वडा नंं. ६ मा ५९ निको भएका ३७ जना, सक्रिय संक्रमित १९ जना, मृत्यु ३ जना

वडा नंं. ७ मा ३९ निको भएका १७ जना, सक्रिय संक्रमित २० जना, मृत्यु २ जना

वडा नंं. ८ मा १३ निको भएका ६ जना, सक्रिय संक्रमित ६ जना, मृत्यु १ जना

वडा नंं. ९ मा ३६ निको भएका १९ जना, सक्रिय संक्रमित १७ जना, मृत्यु ० जना

वडा नखुलेका  १६ निको भएका ८ जना, सक्रिय संक्रमित ८ जना, मृत्यु ० जना्


सर्सती माथिको डाटा हेर्दा सबैभन्दा मृत्यु बढी भएको वडा नं ५ मा देखिन्छ । त्यसपछि वडा नंं ६ मा र तेस्रो पोजिसनमा वडा नं. ७ मा देखिएको छ ।

संक्रमितको संख्या र निको भएकाको संख्या हेर्दा अझै पनि रिकभरी दर कम देखिन्छ ।

मुलुकभरको निको भएकाहरुको संख्या ७५ प्रतिशत माथि हुँदा शंखरापुरमा ४३ प्रतिशतको हाराहारीमा मात्रै निको भएको देखिन्छ ।

अबको केही दिन यही रुपमा रिकभरी दर बढ्दै जाने हो भने शंखरापुरमा सुखद संकेत देखापर्नेछ ।

Post a Comment

0 Comments