उन्नत कृषि सहकारीद्वारा आईसक्रिम उत्पादन सुरु


लावण्य÷साँखु । यही फाल्गुण २६ गते फागु पूर्णिमाका दिनदेखि उन्नत कृषि सहकारीद्वारा सञ्चालित डेरी उद्योगबाट आईसक्रिमको उत्पादन सुरु गरेको छ ।
सो डेरी उद्योगले सक्व पे्रmस मिल्क (दूध), दही, घ्यु, पनीर लगायतका दूग्धजन्य पदार्थहरुको उत्पादन एवं विक्री वितरण गर्दै आएको थियो ।
आईसक्रिमको उत्पादन सुरु गरेतापनि तत्काल विक्री वितरणमा भने आईसकेको छैन । आईसक्रिमको व्यावसायिक उत्पादन थाल्न केही दिन लाग्ने भएतापनि अहिले प्रयोगको रुपमा पार्टी प्यालेसहरुलाई दिन थालिएको छ ।
उक्त सहकारीमा अधिकांश लगानी शंखरापुर नगरपालिका वडा नं. ६ र ७ का महिलाहरुको रहेको छ ।
सहकारीको उत्पादन सक्व पे्रmस मिल्क स्थानीय बजारमा लोकप्रिय रहेको छ ।

Post a Comment

0 Comments