बज्रयोगिनीमा क्षमा पूजा गरियो

साँखु÷गत शनिबार जेठ २३ गते साँखुको बज्रयोगिनी मन्दिर परिसरमा गत बैशाख १२ को महाभूकम्प पछि बज्रयोगिनी मन्दिरमा क्षमा पूजा गरिएको छ । उक्त क्षमा पूजा गरिनुको कारण महाभूकम्प जस्तो दैवी प्रकोप जस्तो अनिष्ट नहोस् र भैसकेको दैवी प्रकोपले पारिरहेको असर कम होस् भनि प्रार्थना गरिएको हो । सो क्षमा पूजा बज्रयोगिनी देवताका पूजारीवर्ग बज्राचार्यहरुले गरेको हो । उक्त पूजाको अवसरमा साँखुबासीहरुको बज्रयोगिनी मन्दिर परिसरमा भीडभाड रहेको थियो ।

Post a Comment

0 Comments