लावण्य÷साँखु । नेपालकै पुरानो जात्रामध्ये एक नेपाल शिरोमणी बज्रयोगिनीको जात्रा यस वर्ष स्थगित हुने सम्भवना प्रवल बन्दै गएको छ ।
सरकारले दोस्रो पटकको लकडाउन गरेपछि अब साँखुको जात्रा चैत्र २६ गते सुरु गर्न नसकिने भएको हो ।
जात्रा व्यवस्थापन समितिका अध्यक्ष मिजेन्द्रकाजी श्रेष्ठका अनुसार विभिन्न विकल्पमा छलफल भईरहेको छ । तर पनि चैत्र २५ गतेसम्म लकडाउन भएपछि २६ गते देखि लकडाउन हटेपनि यस वर्षको जात्राको तयारी गर्न नसकिने अवस्था रहेको छ । समितिले २६ गतेदेखि लकडाउन हट्ने भए के कसरी जात्रा मनाउन सकिन्छ, सो विषयमा आफ्नो सुझाव समितिलाई दिने अपेक्षा राखेको छ ।
यसबीच समितिको अगुवाईमा शंखरापुर नगरपालिकामा बसेको मेयर, उपमेयर सहितको बैठकले पनि केही समय कुरेर नगरपालिकाले जात्रा स्थगन गरिने सम्बन्धी सूचना सम्पे्रषण गर्ने सहमति गरिएको थियो ।
पूजा आजा भने यथावत हुने !
जात्रा अगाडि, जात्राकै समयमा र त्यसपछि गरिने देवी देवता पूजाहरु जुन गुरुजुहरुले गर्दछन् ती पूजाहरु मात्रै सञ्चालन गर्ने गरी तयारी गरिएको छ ।
यसरी पूजा आजा गर्नको लागि जात्रा व्यवस्थापन समितिले नगरपालिका र स्थानीयबाट जोहो गरि आवश्यक खर्च व्यहोर्ने भएको छ ।
0 Comments
Thanks for your concerns