साँखु÷गत शनिबार जेठ २३ गते भाग्योदय उच्च माविमा भएको साँखुबासीको भेलाले सुरेश बहादुर प्रधानको संयोजकत्वमा १ सय १ सदस्यीय सक्व (साँखु) पुननिर्माण समिति गठन गरेको छ ।
उक्त कमिटीमा प्रत्येक टोलबाट टोल भेला गराई दुई दुई जनाको प्रतिनिधित्व गरिने भएको छ । यस अघि नै गत शनिबार नै सो समितिमा राजनैतिक दलका प्रतिनिधी, संघ संस्थाका प्रतिनिधी, कानुनी सल्लाहकार, बुद्धिजीवी, समाजसेवी, प्राविधिक विशेषज्ञ सहितका सदस्यहरु रहने भएको छ । साथै सो समितिले आवश्यकतानुसार सल्लाहकारहरु र विभिन्न उप कमिटीहरु समेत बनाउनेछ ।
भेलाको लागि साँखु सम्पदा, पर्यटन तथा वातावरण समाज, सम्पदा संरक्षण समिति, शंखरापुर नगरपालिका, सक्व भिन्तुना पुचः,
नेपाल स्काउट सक्व क्र्यु लगायतका संघ संस्थाहरुले पहल गरेको हो ।
0 Comments
Thanks for your concerns