कोरोना संक्रमणको जोखिमलाई मध्यनजर गर्दै बाराका सीमानाकाहरु आजदेखि पूर्णरुपमा बन्द गरिएको छ ।
भारतमा कोरोना संक्रमण फैलँदै गएपछि खुला सीमानाले जोडिएको नेपालमा पनि यसबारे सतर्कता अपनाउनका लागि अर्को सूचना जारी नहुन्जेल सम्मका लागि बन्द रहने बाराका प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितले बताउनुभयो ।
कुल एक हजार एक सय ९० वर्ग किलोमिटर क्षेत्रफल
भएको बाराको ६० किलोमिटर क्षेत्र भारतसँग खुला सीमाना जोडिएको छ । उक्त सीमानाका सानाठूला गरी १८ नाकाहरुबाट आवतजावत हुनेगरेकोमा तत्कालका लागि सबै नाकाहरुबाट हुने आवागमन बन्द गर्ने जिल्ला सुरक्षा समिति बैठकले निर्णय गरेको छ ।
जिल्लाका कचोर्वा, दुई नम्बर भन्सार, मटिअर्वा, पिपरपाती, कवहिगोठ लगायतका मुख्य नाकाहरु हुन ।
0 Comments
Thanks for your concerns