– २०७६ श्रावण १३ गते –
प्रशिक्षार्थी पत्रकार रमा कुँवर
लावण्य÷साँखु । कला संस्कृति सम्पदा संरक्षण समिति शंखरापुरको आयोजनामा यही श्रावण १६ गते दिउँसो २ बजे सक्व सभा हलमा गुथि विधेयकका साथै समावेशी आन्दोलनका कार्यक्रमहरुको विषयमा वृहत अन्तरक्रिया कार्यक्रम हुने भएको छ ।
सो कार्यक्रमको लागि काठमाडौँ बाट आउनुहुने पाहुनाहरुको लागि रत्नपार्कमा साँखुको बस राख्ने ठाउँबाट दिउँसो १२ बजे बस साँखुको लागि छुट्ने गरि समितिले व्यवस्था गरेको छ भने साँझ ६ बजे साँखुबाट काठमाडौँको लागि बस छुट्ने जानकारी समेत आयोजकले जनाएको छ ।
कार्यक्रममा नेवाः दे दबुका नरेश ताम्राकार, वरिष्ठ पत्रकार श्रीकृष्ण महर्जन, हलिं नेवाः गुथि बाट शान्त प्रकाश श्रेष्ठ, सडक विस्ता पीडित संघर्ष समितिबाट सरोजकुमार श्रेष्ठ, नेवाः राजनैतिक अभियानबाट रबिन्द्र श्रेष्ठ, हलिं नेवाः दबु (डब्लुएनओ)बाट सुदय शिलाकार, ज्यापु महागुथिबाट अर्जुन महर्जन, सेभ नेवाः भ्यालीबाट सुरोज महर्जन, नेवाः संघबाट राजाराम तण्डुकार लगायतको उपस्थिति रहने भएको छ ।कार्यक्रम सभ्य एवं भव्यताका साथ सम्पन्न गर्नको लागि समितिले साँखुबासीहरुमा समेत हार्र्दिक अनुरोध गर्दै श्रावण १६ गते २ बजे सक्व सभाहलमा उपस्थित भईदिनुहुन अनुरोध गरेको छ ।
0 Comments
Thanks for your concerns