गजल – मानन्धर “अभागी”, साँखु सलम्बुटार



दुर्योधनले झैँ, द्रोपदीलाई ताकेछ रे
कति लामो सारी हो, तान्दा तान्दै थाकेछ रे
      धर्म पाप बिर्सेछ, शासक पुत्र भएरै होला
      आखिर केही नलागी, सेवकलाई डाकेछ रे
हिमाल आरोहमा, फेरि फेरि चढ्ने चाहना
शिखर चढ्न जाँदा, शिरकले ढाकेछ रे
      दुलोमा छिराउने, असाध्यै महँगो चिज
      गल्फ नाम मात्र रे, कोठामा लगी जाकेछ रे
नयाँ देश नेपालमा, अनौठो व्यवस्थापन
चौरासी व्यञ्जन, हिउँमा पनि पाकेछ रे ।

Post a Comment

0 Comments