नापी कार्यालयबाट पक्राउ परेका केसी सम्बन्धि समाचारमा ध्यानाकर्षण


लावण्य/साँखु । यही जेष्ठ ९ गते नापी कार्यालय साँखुबाट डेढलाख घुस सहित पक्राउ परेका नापी सर्वेक्षक श्याम कृष्ण न्याैपाने र लेखापढी व्यवसायी विष्णु केसीकाे सम्बन्धमा नेपाल लेखापढी कानुन व्यवसायी एसाेसिएसन साँखु शाखाकाे ध्यानाकर्षण भएकाेभन्दै शाखाकाे तर्फबाट एक विज्ञप्ति प्रकाशित गरेकाे छ ।
विज्ञप्तिमा जनाए अनुसार पक्राउ परेका केसी लेखापढी व्यवसायी नभएको र एसाेसिएसनकाे सदस्य समेत नरहेकाे भन्दै केही अनलाईन र पत्र पत्रिकामा प्रकाशित समाचारले भ्रम उत्पन्न भएकाे भन्दै सत्य तथ्य बुझेर समाचार प्रकाशन गर्न अनुराेध गरेकाे छ ।

Post a Comment

0 Comments