तरुण दलले काम नगरे प्रजातान्त्रिक समाजवादी युवा दल पुनस्र्थापना गरिने– पौडेल

लावण्य÷साँखु नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले नेपाल तरुण दलले काम गरेन भने प्रजातान्त्रिक समाजबादी युवा दल पुनर्थापना गर्ने बताउनुभएको
कृष्णप्रसाद भट्टराईको ९५ औं जन्मजयन्तिमा किसुनजी अध्ययन केन्द्रले शनिबार काठमाडौंमा गरेकोमैले चिनेको किसुनजी विषयक विचार गोष्ठीमा बोल्दै नेता पौडेलले वीपीले समाजबाद लागू गर्न दबाब दिन गठन गरेको तरण दलले काम नगरे प्रजातान्त्रिक युवा दल पुनर्थापना गर्ने बताउनुभएको थियो
बि.सं.२०२३ सालमा बनारसमा प्रदीप गिरि मिलेर प्रजातान्त्रिक युवा दल गठन गरेका थियौं,’ नेता पौडेलले भने, ‘अब डिएसवाइएललाई नै पुनस्र्थापना गर्नुपर्लाजस्तो मलाई लागिरहेको उहाँको भनाई थियो
कांग्रेसभित्र समाजबादलाई कार्यान्वयन गर्न दबाब दिन वीपीले तरुण दल गठन गरेको स्मरण गर्दै पौडेललेतरुण दलले प्रेसर गु्रपको रुपमा काम गर्न सके ठीकै , होइन भने प्रजातान्त्रिक समाजबादी युवा दल पुनस्र्थापना गर्नुपर्छ उहाँको भनाई थियो
पौडेलले राजासँग ठूलो सैद्धान्तिक टक्कर किसुनजीले लिएको बताउँदैगणतन्त्रको नारामा किसुनजी त्यति सजिलै जान मान्नुभएन,’ उहाँले भन्नुभयो, ‘किसुनजी मौलिक विचारक तथा प्रष्ट वक्ता हुनुहुन्थ्यो
किसुनजीले पार्टीमा दुःख गरेका बरिष्ठता हेरेरलाई जिम्मेवारी दिन सक्ने नेता भएको उहाँले बताउनुभयो किसुनजी आफ्ना गुटका मान्छे हेर्नुहुन्थेन, सिनियारिटी हेर्नुहुन्थ्यो,’ पौडेलले भने, ‘अहिलेको नेतृत्वले किसुनजीबाट केही सिक्नुपर्छ
कांग्रेस केन्द्रीय सदस्य प्रदीप गिरिले आस्थाको मान्छेको रुपमा किसुनजीको चर्चा गर्नुभयो आस्था भनेको विश्वास होइन आस्था मान्छेको यस्तो गुण हो जसले तपाइँ प्रमाण विना नै कुराहरु पत्याउनुहुन्छ,’ गिरिले भन्नुभयो, ‘नख्खु जेलमा हामी बस्दा किसुनजीले एक दिन ५० हजार जनताले दरबार घेर्छन् त्यसपछि नेपालमा लोकतन्त्र आउँछ भन्नुभएको थियो हो त्यो नै किसुनजीको आस्था थियो
वीपीको ऐतिहासिक रुपमा चर्चा हुने गरे पनि असल नेता भने किसुनजी नै रहेको गिरिको भनाई थियो वीपी, गणेशमानजीभन्दा किसुनजी असल हुनुहुथ्यो, ठोकुवा गरेर भन्न सक्छु,’ गिरिले भन्नुभयोे, ‘उहाँले कार्यकर्तालाई माया गर्नुहुन्थ्यो तर दण्ड पुरस्कारको व्यवस्था भने पार्टीमा चलाउन नसकेर चुक्नुभयो जेल बसेको , पार्टीका लागि काम गरेको भने त्यसको गुण वा दोष केही नहेरी जिम्मेवारी दिने किसुनजीको कमजोरीले पार्टीलाई भने केही घाटा पु¥याएको उहाँको भनाई थियो
कांग्रेस केन्द्रीय सदस्य एवं राष्ट्रिय सभामा प्रमुख प्रतिपक्षी दलका नेता सुरेन्द्रराज पाण्डेले आर्थिक पारदर्शीता भएको नेताको रुपमा किसुनजीको चर्चा गर्नुभयो पार्टी आन्दोलनमा होमिने बेला १५ हजार किसुनजीलाई दिएको थिएँ, त्यो नेविसंघको सहयोग थियो,’ पाण्डेले भन्नुभयो, ‘किसुनजीले मेरै अगाडि सबै पैसा गन्नुभयो पारदर्शी तवरले हिसाव राख्नुभयो
पत्रकार युवराज घिमिरेले जीवनको अन्तिम क्षणमा भने किसुनजी कांग्रेस नरहेको बताउनुभयो जीवनको आखिरी समय उहाँ कांग्रेसमा रहनुभएन उहाँको पार्थिव शरीर भने कांग्रेस भयो किनकी उहाँको दिवंगत शवमा कांग्रेसको झण्डा ओढाइयो,’ घिमिरेलेको भनाई थियो
किसुनजी अध्ययन केन्द्रका अध्यक्ष अविनाश सिलवालले किसुनजीबारे खोज तथा अध्ययन गर्न केन्द्र गठन गरेको उल्लेख गर्दै किसुनजीले गरेका त्याग समर्पणबाट भावी पुस्ताले प्रजातन्त्रलाई बलियो बनाउनुपर्ने बताउनुभएको थियो

Post a Comment

0 Comments