नीलशारदाको आँखा शीविर

साँखु÷निलशारदा गु्रप, निलशारदा वचत तथा ऋण सहकारी संस्था, श्री जया टे«डर्स र तिलगंगा आँखा केन्द्रको आयोजनामा साँखुको चलाखु टोलमा गत माघ २ गते बिहान ९ बजेदेखि दिउँसो १ बजेसम्म निःशुल्क आँखा शिविर सञ्चालन भएको छ । सो शीविरमा करिब २ सय जनाले आ–आफ्नो आँखा जँचाएका थिए । त्यसमध्ये २२ जनामा आँखाको मोतियाविन्दूको शल्यक्रिया गर्नुपरेको प्रारम्भिक रिपोर्ट आएको छ । उक्त शीविरको लागि तिलगंगाको तर्फबाट पदम श्रेष्ठको नेतृत्वमा चिकित्सकहरुको टोली परिचालित भएको थियो । मोतियाविन्दू भएकाहरुलाई माघ ३ गते र ६ गते गरि दुई समूहमा विभाजन गरि तिलगंगा आँखा अस्पतालमा लगेर निःशुल्क उपचार गरिदिने भएको छ । उक्त गु्रपले गत वर्षहरुमा समेत साँखुमा आँखा शिविरको आयोजना गर्दै आइरहेको छ । गत वर्ष पनि तिलगंगा आँखा प्रतिष्ठान तथा निलशारदा गु्रपको आयोजनामा भएको आँखा शीविरमा करिब २ सय ५० जनाले आँखाको परिक्षण गराएका थिए भने शीविरबाट २३ जनालाई मोतियाविन्दुको शल्यक्रियाको लागि रिफर्ड गरिएको थियो । जसमध्ये अधिकांशको मोतियाविन्दुको शल्यक्रिया गरिएको थियो । स्मरणरहोस् निलशारदा गु्रपले आँखा शीविरको साथसाथै निलशारदा सहकारी तथा खड्गयोगिनी टे«डर्स मार्फत् कृषि सम्बन्धी तालिम समेत सञ्चालन गर्दै आईरहेको छ ।

Post a Comment

0 Comments