बज्रयोगिनीको ताम्रपत्रमा वन सम्रक्षणका कुरा – प्रकाशमान श्रेष्ठ सक्व

श्री ३ बज्रयोगिनी ....... विक्रमोपार्जित करुणाकर समदभूत गजेन्द्रपति श्री श्री जयप्रकाश मल्ल परमभट्टारक देवानां सदासमर विजयनां प्रभु ठाकुरसन ओ श्री श्री राजोपाध्या, परमान, उमराओ, भोटियोजोगी देशान्तरी महाविद्याधर, पञ्च सकलें साहुति मत याङाओ ओ ओनलिं ञ्देशससं सुनां अन्याययाय मदु । स्वयम्भु चैत्यया गर, बालाबुंगर, गोकर्णगर–चंगुगर, बज्रयोगिनीगर सिं छपुकानं छयाङाओ कायमदु । सा, ब्राम्ह्य, अतित पनिस्त दुष वियमदु ध्वर माकर बि, सुनानं स्यायमदु, खेल वन खण्ड गनं मितय मदु थ्वया साक्षी श्री ३ ....... ।। थ्व पतिस चोक्वन उपर सुनानं यातसा पञ्च महापाप राक गुरो ग्वम्हनं मानय् यात ओम्हयात परमेश्वरया सुदृष्टी, राजदण्ड मोह ३५ थुति जुरो ।। सम्वत् ८७२ आषाढ सुदिव संक्रान्ति बुधबार कुन्हु शुभं ।। माथि लेखिएको ताम्रपत्र अनुसार आजभन्दा २६० वर्ष अगािड नेपालमा पर्यावरणीय सन्तुलन कायम गर्न ठाउँ ठाउँको वन जंगल सुरक्षा गर्ने र वन्यजन्तुको समेत सुरक्षा गर्ने हेतु राजदण्ड ३२ मोहर जरिवाना तिर्नु पर्ने गरी कसैले स्वयम्भू, बलम्बू, गोकर्ण, चाँगु र बज्रयोगिनीको वन जंगलबाट यौटा सिन्को पनि काट्न नपाउने गरी राजाज्ञाद्वारा वन फडानी, डढेलोबाट वन जंगल रक्षा गरिएको आभाष पाइन्छ । वन्यजन्तुमा स्याल, बाँदर, सर्प मार्न नपाईने गरि उनिहरुको रक्षा हेतु ताम्रपत्रद्वारा सबै जनतामा अपिल गरेको पाईन्छ । ताम्रपत्र राख्नलाई जनबर्ग सँग सल्लाह गरेर निर्णय गरेको कुरा साक्षी प्रमाणको रुपमा देवी देवताहरु श्री ३ ....... भनि उल्लेख गरिएको पाईन्छ । गाई, ब्राम्हण, बालबालिका स्त्री तथा आमा बुबा मारेको पाप लागोस् भनि पञ्च महापातक जस्तो घोर पापको प्रायश्चित नेपालको धन हरियो वन भन्ने उक्ति त्यत्तिवेला देखिनै सान्दर्भिकता आईसकेको देखिन्छ । महाविद्याधर भनेर वन विशेषज्ञहरु समेतको सरसल्लाह लिएको बुझिन्छ । त्यस्तै तत्कालीन राजोपाध्याय पूजारी, मन्त्री, सेना, भोटिया, जोगी, देशान्तरी र जनवर्ग सबैसँग सरसल्लाह गरेको बुझिन्छ । हाल २६० वर्ष पछि हरियो वन तस्करीको धन भएका छन् । ऐन सवला र कानुनमा दण्ड सजायँ जरिवाना तोकिएतापनि राजनीतिको आधारमा वन विनाश, वन्यजन्तु गैँडा, सर्प आदिको तस्करी बढेका छन् भने नेपालको कानुन बनाउनेले नै जानुन् भने जस्तै किताबमै थन्किएका छन् । जयप्रकाश मल्लको पालामा आफ्नो राज्य क्षेत्र वरपरको वन जंगल गढलाई संरक्षण गर्न र वनमा रमाउने जंगली जनावरहरुको समेत संरक्षण गरेका थिए । हाल वन सम्पदा, वन्यजन्तु सम्पदा वातावरण जोगाउने संघ–संस्थाहरुले सरकारी छापबाट स्वीकृती लिएर आफ्ना परिवार तथा साथीसंगीहरुलाई जागिर खुवाउने मेसो मात्र बनेका छन् । नेपालको जंगल तस्करीलाई मंगल भनेजस्तै वन जंगलको ह्रास हुँदै गएका छन् । जब कि आज भन्दा पचास वर्ष अगाडिसम्म ६५ प्रतिशत वन जंगल बाँकी थियो भने हाल १७ प्रतिशत भन्दा पनि घटेको पाईएको छ । साँखु बज्रयोगिनीमा रहेको ताम्रपत्रको अनुवाद यसप्रकार छन् ः श्री ३ बज्रयोगिनी .......... पराक्रमले अति वीरता प्राप्त गरेका करुणाका खानी भएका रुप लावण्यले अद्भूत धेरै हात्ति, घोडा, बग्गीका मालिक श्री श्री जयप्रकाश मल्ल महाराजाधिराजको सदा सर्वदा लडाइँमा विजय गर्ने प्रभू राजाले श्री श्री राजाको पनि पण्डित उपाध्याय, मन्त्री, सेना, भोटिया, जोगी देश विदेशको यात्रा गर्ने देशान्तरी, महाविद्याधरजस्ता सम्बन्धित विशेषज्ञहरु पञ्च सबैसँग सल्लाह साहुती गरेर कसैले पनि कान्तिपुर राज्यभित्र कसैलाई अन्याय नगर्नु । स्वयम्भूको गढको जंगल, बालाजु गढको जंगल, गोकर्ण गढको जंगल, चाँगु गढको जंगल, बज्रयोगिनी गढको जंगल यसरी देवी देवता स्थानका जंगलका रुखका काठका एक टुक्रा पनि काटेर लिन पाइँदैन । गाई, ब्राम्हण, जोगी फकिरहरुलाई दुःख नदिनु । स्याल, बाँदर, सर्प आदि मार्न पाइँदैन । घाँसे मैदान, वनखण्ड कतैपनि आगो लाउन पाइँदैन । यस कुराको साक्षी श्री ३ ................... ।। यस ताम्रपत्रमा लेखेको उपर कसैले अन्याय गरेमा पञ्च महापातक लागोस् । जस जसले यस कुराको ख्याल गरी सम्मान गर्दछ त्यस त्यसलाई परमेश्वरको सुदृष्टी लागोस् । अन्यथा गर्नेलाई पक्रेर राजमोहर ३२ दण्ड भयो । सम्वत् ८७२ आषाढ सुदिन संक्रान्ति बुधबारमा शुभं ।। (प्रतिक्रियाको लागि धिकबलमभकज२नmबष्।िअयm)

Post a Comment

0 Comments