rochak bishwo

जहाँ महिलालाई बिहेपछि पनि परपुरुषसँग सहबास गर्न छूट छ सामान्यतया मुस्लिम मुलुकहरु तथा अफ्रिकी देशहरुमा महिलाहरु निकै पीडित रहेको र महिला अधिकारको विषय निकै दर्दनाक रहेको सुन्नमा आउँछ । तर यो दुनियामा अफ्रिकी देश र त्योप नि मुस्लिम समाजमै यस्तो ठाउँ पनि छ जहाँ महिलाहरुले विश्वमै सम्भवतः सबैभन्दा धेरै अधिकार तथा स्वतन्त्रता पाएका छन् । अफ्रिकाको नाइजरस्थित सहारा मरुभूमि क्षेत्रमा बस्ने एक इस्लामिक आदिवासी समुदायमा महिलाहरुलाई साँच्चिकै छाडा स्वतन्त्रता प्राप्त छ । सयौँ वर्ष पुरानो यो तुआरेग आदिवासी समुदायमा महिलाहरुलाई सर्वाधिकार प्राप्त छ । उनीहरुले कुनै पुरुषसँग बिहे भैसकेपछि समेत आफ्नो लोग्ने बाहेक अन्य परपुरुषसँग पनि यौन सम्बन्ध कायम गर्ने छूट प्राप्त गर्छन् । साथै उनीहरुलाई बुर्का लगाउनु पनि पर्दैन । यदि लोग्नेसँग तलाक भयो भने लोग्नेको सबै सम्पत्ति आफैले हडप्छन् । यो अति मातृसत्तात्मक समाजमा महिलाहरुकै राज छ र धेरै कुराहरुको निर्णय महिलाहरुले नै गर्छन् । पुरुषहरु घरेलु कामकाजमा व्यस्त हुनुपर्छ । केटीहरु सामान्यतया २० वर्षभन्दा कम उमेरमा बिहे गर्दैनन् र बिहेपछि लोग्नेमाथि पूृर्ण नियन्त्रण कायम गर्दछन् । दाँतका कारण मुटुलाई खतरा ! मुटुसम्बन्धी रोगबाट बच्न दिनहुँ ब्रस गर्नु पर्ने सुझाव अनुसन्धानकर्ताको छ । आयरल्यान्डको रोयल कलेज सर्जन्स र ब्रिटेनको ब्रिस्टल युनिभर्सिटीका अनुसन्धानकर्ताहरूको दावीअनुसार, मुख फोहोर रहिरहे त्यहाँ उत्पन्न हुने जीवाणु रगतमा जान्छ र यसले गर्दा रगत जम्ने गर्छ । यसले मुटुको कुनै भाग प्राणघातक रूपले सुन्निनसमेत सक्छ । मुख फोहोर हुँदा स्ट्रप्टोकोक्स गोरडोनी जीवाणु उब्जिन्छ । यो जीवाणु सामान्यतया मुखभित्रै पाइन्छ । यसले दाँतको सतहमा पहेंलोपनालाई बढाउँछ । यो जीवाणु रगत निस्किरहेको गिजाबाट रक्त नलीमा प्रवेश गर्छ । अनि यसले मानव शरीरमा रगत जमाउँछ । रगत जम्ने गरेपछि हृदयघातको खतरामा वृद्धि हुने खोजकर्ताहरू को निष्कर्ष छ । जुवामा हार्नेहरु दुःखी हुँदैनन् ? मलिक्युलर साइकेट्री जर्नलमा प्रकाशित एक तथ्य अनुसार जुवा खेल्नेहरू मा एउटा रसायनले प्रभाव जमाएको हुन्छ । जुवा खेलिसकेपछि पास्टिरान एमिसन टोमोमाफी स्क्यान गर्दा यस्तो रसायन सकिइरहेको पाइएको जनाएको छ । पैसा हारेका जुवाडेको मस्तिष्कमा नारपिनफ्रिन नामक सन्देशवाहक रसायन सक्रिय भएको पाइयो । अध्ययनकर्ताले जनाए अनुसार, जुन व्यक्तिमा नारपिनफ्रिनको फैलावटको मात्रा कम हुन्छ, उनीहरूको मस्तिष्कको संवेदनशील खण्डमा एक प्रकारको रसायनको स्राव हुने गरेको छ । यसैको प्रभावले पैसा गुमाउँदाको दुःख उनीहरूको मस्तिष्कमा खासै पर्दैन । तर यसको मात्रा बढी हुनेहरू मा गुमाउनु पर्दाको प्रतिक्रिया भने भावनात्मक हुन्छ । अर्थात् उनीहरू लाई पैसा गुमाउनुपर्दा दुःख लाग्छ । यस्ता व्यक्तिहरूले आफू ठगिएको अनुभव गर्नुको साथै बारम्बार मैले यस्तो किन गरे भन्ने सोच्ने गरेका छन् । यस्तो भावनात्मक प्रतिक्रिया विभिन्न व्यक्तिहरूमा कम वा बढी हुन सक्छ । अनुसन्धानकर्ताहरूले यो अध्ययनको निष्कर्षलाई प्रारम्भिक मान्दै यसका लागिथप अनुसन्धानको आवश्यकता रहेको समेत औंल्याएका छन् । यसमा अन्तिम सफलता पाइए व्यक्तिका नराम्रा बानी र आक्रामक व्यवहार जस्ता समस्याको उपचार खोज्न सघाउ पुग्ने अनुसन्धानकर्ताहरूको विश्वास रहेको छ । टेलिभिजनले मानसिक रोग त्यस्तै टेलिभिजनमा देखाइने कतिपय भयानक र आपत्तिजनक दृश्यले बढ्दो उमेरका बालबालिकाको मस्तिष्कमा कुप्रभाव उत्पन्न गर्दछन् । बाल विशेषज्ञहरुको बच्चामा भइरहेको यो असरलाई गम्भीर बताएका छन् । ब्रेक फरेस्ट विश्वविद्यालयकी प्राध्यापक मेरिना क्रिकमरका अनुसार तीनदेखि पाँच वर्ष उमेरका बालबालिकामा टिभी हेर्ने बानीले उनीहरुकोे निद्रामा असर पारिरहेको छ । टिभीमा देखिने कुनै पनि विचित्र वस्तुले बच्चाहरुमा डर उत्पन्न गराउँछ, चाहे त्यो क्यारेक्टर राम्रो वा हसाउने किन नहोस् । यदि बच्चा टेलिभिजनमा कुनै चरित्रलाई हेरेर हराए भने यस्तो बेला उनीहरुलाई काखमा राख्नु पर्छ । कामको दबावले डिपे्रसन हुनसक्ने वढि काम गर्ने मानिसमा डिप्रेसन रोगले आक्रमण गर्न सक्ने अनुसन्धानकर्ताले जनाएका छन् । बढी कामको दवावले थिचिएकाहरू लाई सावधान हुन अनुसन्धानकर्ताले सुझाव दिएका छन् । फिनिस इन्ष्टिच्युट अफ अक्युपेसनल हेल्थ तथा युनिभर्सिटी कलेज लन्डनका अनुसन्धानकर्ताले जनाएअनुसार ७ देखि ८ घन्टा काम गर्ने व्यक्तिको तुलनामा ११ घन्टा वा योभन्दा बढी काम गर्नेहरू डिप्रेसनग्रस्त हुने खतरा दोब्बर हुन्छ । अनुसन्धानका लागि बेलायतमा पाको उमेरका करिब २ हजार व्यक्तिमा अध्ययन गरियो । समाजिक स्थिति जीवनशैली र कामकाजसम्बन्धी तथ्यसहित थुप्रै कारणले यो जोखिम हुँदैन । अध्ययनकर्ता डा.मारिआना बिर्तानेनका अनुसार कहिलेकाही बढी काम गर्नु व्यक्ति र समाजका लागि लाभदायक भए पनि डिप्रेसन जस्तो दीर्घरोगको खतरा पनि हुने भएकाले बढी कामले नोक्सानी पनि हुन सिद्ध भएको छ ।

Post a Comment

0 Comments