rochak bishwo

भिटामिन “डी”को कमीले मधुमेह हुने खतरा एजेन्सीहरूका अनुसार बालबालिकाले पर्याप्त मात्रामा भिटामिन ‘डी’ पाएनन् भने पछि गएर इन्सुलिन प्रतिरोध अवस्था सिर्जना भएर किशोरावस्थाको सुरुका दिनमा नै उनीहरूलाई मधुमेहले समात्ने खतरा अधिक हुन्छ । दि जर्नल अफ क्लिनिकल इण्डोक्रिनोलोजी एण्ड मेटाबोलिज्ममा अनुसन्धानात्मक एक रिपोर्टमा उक्त तथ्य विश्लेषण गरिएको छ । शरीर बढ्दै जाँदा बालबालिकालाई अधिक भिटामिन ‘डी’ आवश्यक पर्छ । मोटोपनाको अवस्थामा सञ्चित बोसोले थप समस्या ल्याउँछ । पर्याप्त मात्रामा घाम ताप्ने गरेमा भिटामिन ‘डी’ प्राप्त हुन्छ । भिटामिन ‘डी’को कमीले मधुमेहका खतरा मात्र ल्याउने होइन मोटोपनासमेत निम्त्याउने र मुटु रोगको खतरा बढाउने यसअघिका अनुसन्धानले औंल्याएका छन् । अमेरिकाको टेक्सास विश्वविद्यालयको साउथवेष्टर्न मेडिकल सेन्टरका डा.मिख ओल्सनको टोलीले भिटामिन ‘डी’ र बाल्यकालको मोटोपनाबीचको सम्बन्ध पत्ता लगाउन अनुसन्धान गरेको थियो । अनुसन्धानको निष्कर्षमा अनुसन्धान टोलीले भनेको छ, खाजा नखाएर सोडा र जुस अधिक खाने कारणले मोटा बालबालिकामा भिटामिन ‘डी’ कम पाइएको छ । रगतमा भिटामिन ‘डी’को न्यून मात्रा भएको अवस्थामा इन्सुलिन प्रतिरोधी अवस्था सिर्जना हुने र अन्ततः दोस्रो प्रकारको मधुमेहको खतरा बढ्ने जनाइएको छ । ब्याक्टेरियाबारे अनौठो तथ्य बेलायतको न्युक्यासल विश्वविद्यालयका वैज्ञानिकहरूले माटोमा पाइने ब्याक्टेरियाले सुँघ्न सक्ने र हावाको एमोनियालाई प्रतिक्रिया दिन सक्ने तथ्य फेला पारेका हुन् । बायोटेक्नोलोजी जर्नलमा प्रकाशित तथ्यअनुसार मानवीय पञ्च ज्ञानेन्द्रियमध्ये ब्याक्टेरियामा चारओटा हुने पाइएको छ । ब्याक्टेरियाले यसअघि नै प्रकाशसूग प्रतिक्रिया जनाउने, दृश्यशक्ति र जिन परिवर्तनको क्षमता प्रदर्शन गरिसकेको छ । त्यस्तै केही पदार्थसँग छँुदा प्रतिक्रिया दिएको अनुसन्धानकर्ताले जनाएका छन् । तर, रासायनिक प्रतिक्रिया र सुँघ्ने शक्तिमा जीवनहरूबीच फरक रहेको अध्ययनका लेख रेइनडर्ट निजल्यान्डले बताए । ‘सुँघ्ने तत्व संयन्त्र दुवैमा फरक छ,’ नेदरल्यान्डको युनिभर्सिटी मेडिकल सेन्टर उटे«चका उनले भने, ‘सूँघ्ने जीवले पहिचान गरेका तत्व सामान्यतः अरू चिजभन्दा अस्थिर हुन्छन् । यो चिनी र नुनबाट परीक्षण गर्न सकिन्छ ।’ ब्याक्टेरियामा अपेक्षा गरेभन्दा बढी क्षमता रहेको उनले बताए । ब्याक्टेरियाले रसायनहरू पहिचान गर्न र अरू ब्याक्टेरिया वा खानाका लागि प्रतिस्पर्धीको उपस्थिति देखाउन ज्ञानेन्द्रिय प्रयोग गरेका थिए । जनावर जोगाउन अश्लील साईट बनाउने ! जनावर अधिकारको विषयमा वकालत गर्ने चर्चित संस्था पेटा (पिपुल फर इथिकल टिूटमेन्ट अफ एनिमल)ले विश्वका धेरै देशमा जनावरमाथि हुने क्रुर व्यवहारको विरोधमा आश्चर्यजनक काम गर्दै आएको छ । साँढे जुधाइ र दौडाइको विरोधमा पेटाका सदस्यहरुले नाङ्गो दौड देखाउने र रगत जस्तै रंगमा नाङ्गै लतपतिने आदि कार्यक्रमसमेत आयोजना गर्दै आएका छन् । अब भने पेटाले जनावरको रक्षा गर्न माग गर्दै जनावरमै समर्पित अश्लील साइट बनाउने भएको हो । पोर्न साइट धेरैले हेर्ने भएकाले सकेसम्म बढी मानिसलाई आकर्षित गरी जनावरको अधिकार रक्षा गर्न अश्लील वेवसाइट तयार गर्न लागिएको पेटाका प्रवक्ता लिन्डसे रजितले बताएका छन् । जनावरमाथि हुने अत्याचारको विरोध गर्न पेटाले यसअघि पनि विभिन्न नग्न मोडलको सहायता लिने गरेको छ । जनावरमाथि अत्याचार गरेर मान्छे नांगिएको छ भन्ने कुरा बुझाउन अश्लील वेवसाइट सुरु गर्न लागिएको उनको दावी छ । हेरौँ, त्यस्तो पोर्न साइटमा कति जनाले क्लिक गर्ने हुन् र यसले जनावरको रक्षामा कत्तिको योगदान पु¥याउने हो ? बेसारबाट मुख र घाँटीको क्यान्सर रोक्न सक्छ । चोट निको पार्नदेखि अनुहारमा निख्खार ल्याउनसम्म बेसारको उपयोग गरिन्छ । हालै यसको अर्को गुण पनि पत्ता लागेको छ । युनिभर्सिटी अफ क्यालिफोर्नियाको वैज्ञानिकले गरेको अनुसन्धान अनुसार खानामा बेसारको प्रयोगले घाँटी र मुखमा हुने क्यान्सरको सम्भावनालाई थुप्रै गुणा कम गर्छ । युनिभर्सिटीको जोसन कम्प्रेहेन्सिभ क्यान्सर सेन्टरमा भएको अनुसन्धानका वैज्ञानिकहरुले मानव ¥याल (सैल्भा) को अध्ययन गरे । यो अध्ययनमा बेसारले ¥यालमा ‘प्रो इन्फलेमेट्री साईटोकाइनेजको मात्रालाई न्यून गर्ने पत्ता लाग्यो जसले मुखमा हुने क्यान्सरको सम्भावना कम गर्छ । अध्ययनका लागि अनुसन्धानकर्ताको टोलीले घाँटीको क्यान्सर पीडित २१ महिला सामेल गरिएको थियो । प्रारम्भमा यी रोगको ¥यालको अध्ययन गरियो र फेरि उनीहरुलाई बेसार खान भनियो । बेसार खाएपछि फेरि उनीहरुको ¥यालको परीक्षण गरियो । परीक्षणमा बेसार सेवनपछि ¥यालमा क्यान्सरलाई रोक्ने तत्व भेट्टाइयो ।

Post a Comment

0 Comments