गजल

यहाँ सबैको, घरबार हुँदैन गरिबलाई पर्दा सरकार हुँदैन सिंहदरवारमा बाँदरहरु बस्छन् सरकारी कोठामा, खरिदार हुँदैन किराहरुले देशै, लुटिसके कठै हिनामिनाको कुनै प्रचार हुँदैन साहेबहरु पाल्नुभो, बाटो छोडिदिनुस् जनतालाई अहँ, हतार हुँदैन के लेख्नु गजल, बुझ्ने भए पो देशभक्त बुद्धि, अपार हुँदैनन् ।।

Post a Comment

0 Comments