राम जानकीको मूर्ति प्रतिस्थापन गरियो

साँखु÷गत पौष १ गते विवाह पञ्चमीको अवसर पारेर कागेश्वरी मनहरा नगरपालिका वडा नं. २ सुवेदीगाउँमा श्रीराम जानकी मन्दिरमा रामजानकी (सिताराम)को मन्दिर भित्र श्री गणेशजी सहितको मूर्ति प्रतिस्थापन गरियो । उक्त अवसरमा साँखु, चाँगु, आलापोट, सानागाउँ गागलफेदी, सुन्दरीजल आसपासबाट भक्तजनहरुको घुइँचो लागेको थियो । धार्मिक होम यज्ञ कार्य शंखध्वनीसँगै भक्तजनहरुलाई प्रसाद वितरण समेत गरिएको थियो । उक्त अवसरमा स्थानीय समाजसेवी, राजनीतिकर्मी, सेनाका जवान तथा भजनमण्डलीहरुलाई सम्मान समेत गरिएको थियो । ऊँ कार ध्वनीको विशेष प्रस्तुती रहेको उक्त कार्यक्रममा मन्दिर परिसरमा व्यापक भीडभाड रहेको थियो । स्मरणरहोस् गत दुई वर्ष अगाडि सोही स्थानमा मद्भागवत् गिता पाठ पारायण गरि सो मन्दिर निर्माणको लागि चन्दा संकलन गरिएको थियो ।

Post a Comment

0 Comments