बारासको सःशुल्क उद्घोषण तालिम सुरु

साँखु÷साँखुमा विभिन्न समूह, क्लब एवं संघ संस्थाहरुले विभिन्न समयमा विभिन्न प्रशिक्षण कार्यक्रमहरु निःशुल्क गरिरहेका छन् । जेसीज, लायन्स क्लब लगायतका संघ संस्थाहरुले समेत समय समयमा निःशुल्क रुपमा उद्घोषण तालिम गत मंसिर १६ गतेदेखि सञ्चालन गरिरहेको छ । तर साँखुमा उद्घोषकहरुको कमी खट्किरहेको थियो । यसै पक्षलाई ध्यानमा राखेर यसपटक भने बारास टेक्निकल टेूनिङ इन्स्टिच्यूट प्रालिले १५ दिने आधारभूत उद्घोषण तालिम दिन लागेको हो । यो तालिमको उद्घाटन हिजो महानगरिय प्रहरी प्रभाग साँखुका इन्चार्ज प्रहरी निरिक्षक उमेश जोशीले गर्नुभएको थियो । उहाँले सो अवसरमा प्रशिक्षार्थीहरुलाई सम्त्रोधन गर्दै मानिसहरु आत्महत्या गर्न बरु नडराउने डर ड्यासमा गएर बोल्न भनेपछि डराउने स्वभावको अन्त्य यस उद्घोषण तालिमले हुने बताएका छन् । कार्यक्रममा प्रशिक्षक मनोज राजभण्डारीले उद्घोषक वक्ता हुन सक्ने तर वक्ता कहिल्यै उद्घोषक हुन नसक्ने भन्दै उद्घोषक कुनै पनि कार्यक्रमको केन्द्रविन्दूमा रहने बताएका थिए । सो कार्यक्रममा गोविन्दप्रसाद श्रेष्ठ, मिजेन्द्रकाजी श्रेष्ठ, रमेश नापित, पवनलाल श्रेष्ठ, राजकुमार श्रेष्ठ, दिलिपकुमार श्रेष्ठ लगायतका वक्ताहरुले शुभेच्छा मन्तव्य दिएका थिए भने कार्यक्रमको सभापतित्व इन्स्टिच्यूटका अध्यक्ष राधाकृष्ण श्रेष्ठले गरेका थिए । कार्यक्रमको सञ्चालन ज्ञानेश श्रेष्ठले गरेका थिए भने स्वागत मन्तव्य इन्स्टिच्यूटका निर्देशक ज्ञानश्री श्रेष्ठले गरेका थिए ।

Post a Comment

0 Comments