साँखु÷गत शनिवार कार्तिक २१ गते साँखुको पालुवारीस्थित क्षितिज जनजागृत प्राविलाई लायन्स क्लब अफ साँखुको पहलमा प्रथम उपाध्यक्ष कुमार राज सुवेदीले नगद रु. २० हजार सहयोग राशी सो स्कूलका प्रधान अध्यापक निर्मल थापालाई हस्तान्तरण गरेका छन् ।
सो अवसरमा उपाध्यक्ष सुवेदीले स्कूलको भावी योजनालाई दृष्टिगत गरेर लायन्सले सहयोग गर्ने वचनवद्धता प्रकट गरेका थिए । प्रअ निर्मल थापा र सञ्चालक समितिका अध्यक्ष चिरञ्जीवी रेग्मीले लायन्स क्लबका पदाधिकारीहरुलाई स्वागत एवं सम्मान गरेका थिए ।
0 Comments
Thanks for your concerns