साँखु प्राविलाई जापानीज सहयोग

साँखु÷गत मंसिर १० गते साँखु प्राथमिक विद्यालयका विद्यार्थीहरुलाई जापानी गल्र्स स्काउटको तर्फबाट ट्रयाक सूज, कापी कलम लगायतका स्टेशनरी वितरण गरिएको छ । विगतका दिनमा समेत उक्त गल्र्स स्काउटले साँखु प्राथमिक विद्यालयको भवन बनाइदिएको थियो । सोही वर्षदेखि प्रत्येक वर्ष सो स्कूलका छात्रछात्राहरुलाई गल्र्स स्काउटले विद्यालय पोशाक तथा स्टेशनरी प्रत्येक वर्ष वितरण गर्दै आइरहेको छ । विद्यालय पोशाक वितरण गर्न रुद्र मानन्धरले संयोजन गरेका थिए । कार्यक्रममा विद्यालयका प्रअ गोपाललाल श्रेष्ठ लगायत सबै शिक्षक एवं विद्यार्थी तथा अभिभावकहरुको सहभागिता रहेको थियो ।

Post a Comment

0 Comments