न्हुदँ समारोह समितिको आयोजनामा तुच्चा कार्यक्रम र प्रभातफेरि हुने

साँखु÷आगामी कार्तिक २५ गते लक्ष्मीपूजाको दिन दिउँसो २ बजेदेखि ईपाटोलमा नयाँ वर्ष नेपाल सम्वत् ११३६ को अवसरमा न्हुदँ समारोह समिति ११३६ को आयोजनामा तुच्चा कार्यक्रम गरिने भएको छ । त्यसैगरी सोही साँझ ५ बजे नारायणपार्क ईल्लाटोलबाट सायमी दबुको आयोजनामा नयाँ वर्षको स्वागत स्वरुप सुकुन्दा ¥याली निकालिने भएको छ । कार्तिक २६ गते म्हपूजाको दिन विहान ७ बजे साल्खा महादेवस्थानबाट विभिन्न बाजागाजाका साथ नयाँ वर्षको स्वागतार्थ भव्य प्रभातफेरिको आयोजना हुने भएको छ । सो अवसरमा नेवार समुदायका युवा युवतीहरुको व्यापक सहभागिता रहनेछ । साथै सो दिन साँखु, सानागाउँ, पालुवारी, लप्सेफेदी लगायतका स्थानबाट समेत विभिन्न समूह, क्लब, संघ संस्थाबाट आ–आफ्नो व्यानर र बाजागाजा सहित भिन्तुना ¥यालीमा सहभागिता हुनेछ । सो ¥याली साल्खाटोलमै आएर विसर्जन हुनेछ । त्यस अवसरमा गत वर्षहरुमा झैँ साँखु जेसीजले सहभागिसबैलाई चियापानको व्यवस्था गर्ने भएको छ ।

Post a Comment

0 Comments