गजल - – इच्छाराम थापा “धड्कन”, खुलालटार

करेसाबारी माया थेग्ने फूल तयार भा छ विरक्ती क्षण आँशु भेल साझा दरवार भा छ सुटुक्क चोरी मायाको डोरी तराजुमा राख्यौ मर्ने चोला यो मुटु खाने अनुहार भा छ प्यासी हुँदै भौतारिएँ किनार खोज्दै बितेछ मुटु थाम्न प्यारो वचन मूल आधार भा छ मुना– मदन जोडी थ्यो विषालु आँखा गड्यो मूर्ति भाक्न हरबार जीवन लाचार भा छ समयले दिएको घाउ समयले पुरेको छ मौसमी हेरफेर बीच धड्कन यादगार भा छ ।

Post a Comment

0 Comments