वल्र्ड नेवाः अर्गनाईजेशनका डा. बालगोपाल श्रेष्ठ सम्मानित

साँखु÷गत मंसिर १८ गते सक्व कृषि फार्मको हलमा वल्र्ड नेवाः अर्गनाईजेशनका अध्यक्ष डा. बालगोपाल श्रेष्ठ सम्मानित भएका छन् । सो फार्मका प्रोप्राइटर राजदास श्रेष्ठले साँखुमा जन्मेर हुर्की बढेका डा. बालगोपाल श्रेष्ठले नेवार भाषा, साहित्य क्षेत्रमा गरेको योगदानको कदर गर्दै सो सम्मान व्यक्त गरिएको हो । उक्त सम्मान कार्यक्रममा डा. श्रेष्ठलाई सम्मान गर्दै गायन एवं संगीतले उहाँलाई स्वागत गरिएको थियो । सो कार्यक्रममा महाकवि गिरिजाप्रसाद जोशीका गीत संगितबाट सभाहल गुञ्जिएको थियो । कार्यक्रममा गायक÷ संगितकारहरु नकुल श्रेष्ठ, चन्द्रबहादुर माईला, प्रकाशमान सक्व, पुष्प श्रेष्ठ, रञ्जन श्रेष्ठ लगायतका व्यक्तित्वहरुले गीत संगित प्रस्तुत गरेका थिए ।

Post a Comment

0 Comments