साँखु प्राथमिक विद्यालयमा यस आई विलको राहत वितरण

साँखु÷गत पौष ७ गते मंगलबार यस आई विल, मिस्टर म्युजिक र सहयोगी हातहरु शिक्षा एवं नगरहोप नेपालको तर्फबाट साँखु प्राथमिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई जुत्ता, मोजा, टोपी एवं विस्कुटहरु राहतस्वरुप वितरण गरेका छन् । सो राहत कार्यक्रमको संयोजन रेजिना मुल्मी र नविना मानन्धरले गरेका थिए । साँखु प्राथमिक विद्यालयमा यस किसिमको राहत वितरण प्रत्येक हप्ताजस्तो आइरहेको छ । यस विषयमा प्रधानअध्यापक गोपाललाल श्रेष्ठसँग जिज्ञासा राख्दा साँखु बजार भूकम्पले ध्वस्त भएको थियो । भूकम्पका कारण अन्य स्कूलहरु बन्दा हुँदा पनि साँखु प्राथमिक विद्यालयले भूकम्प पीडितलाई बास दिएर पनि चाइल्ड केयर सेन्टर चलाएर विद्यार्थीहरुलाई सहयोग गरिरहेको तथा साँखु वरिपरि नै प्रावि तहमा सबैभन्दा बढी विद्यार्थी रहेको सरकारी स्कूल भएकोले समेत आफ्नो स्कुलमा सहयोग गर्न दाताहरु आएको हुनसक्ने बताएका छन् । राहत वितरणकै सम्बन्धमा रेजिना मुल्मी र नविना मानन्धरसँग सोध्दा उनीहरु आफूहरु पनि साँखुकै बासिन्दा भएकोले साँखु प्राथमिक विद्यालयलाई सहयोग गरेको बताएका थिए । भूकम्पपछि आफूहरुले सकेको सहयोग विभिन्न क्षेत्रमा गर्दै आएको कथन समेत उनीहरुको थियो ।

Post a Comment

0 Comments