यौन चर्चा

यौन आसनमा विविधता प्रायः सबै पशुपंक्षी कुनै एक निश्चित आसनमा मात्र सम्भोग क्रिया सम्पादन गर्न सक्छन् किनभने उनीहरूको शारीरिक संरचना त्यस्तै हुन्छ । तर यस सम्बन्धमा प्रकृतिले मानिसलाई सुविधाजनक अवस्था प्रदान गरेको छ । मानिसको शरीर निकै लचिलो र बढी जोडहरु युक्त भएका कारण मानिसले पल्टेर, बसेर वा उभिएर विभिन्न आसनबाट सम्भोग क्रियालाई गर्न सक्छ । स्त्री पुरुषको विविधतालाई मनपराउने हुँदा सम्भोग विधि आसनद्वारा सम्पादन गर्नु पर्छ । विभिन्न आसनहरू प्रयोग गर्दा सम्भोग क्रियामा नयांपन कायम रहन्छ र सम्भोग प्रतिको आकर्षण क्षीण हुंदैन । विविध आसनको प्रयोग गरिंदा स्त्रीपुरुषको यौनांग बीचको असमानता अर्थात् सानो ठूलोको अन्तर समाप्त भई यसमा तालमेल कायम हुन्छ । यसरी उनीहरूलाई भरिपूर्ण सम्भोग आनन्द प्राप्त हुन्छ । कैयन पटक यौनांगको असमानता असुविधाताको कारण बन्न पुग्छ । उदाहरणका रुपमा कुनै पुरुषको अपेक्षाकृत ठूलो स्त्रीको योनीको गहिराई कम हुँदा सम्भोग कालमा योनीभित्र पीडाको अनुभव हुन सक्छ । यस्तो स्थितिमा आसन परिवर्तन गरेर उपयुक्त आसन अपनाए यो समस्या समाधान हुन्छ । यसैगरी यदि स्त्रीको योनीको आकार एवं गहिराइ पुरुषको लिंगको अनुपातमा ठूलो तथा गहिरो छ भने उपयुक्त आसन प्रयोग गरेमा यौनीको लम्बाई चौडाई घटाएर व्यवस्थित पार्न सकिन्छ । यस विधिबाट पुरुषलाई सम्भोगको पर्याप्त आनन्द प्राप्त हुन्छ । केही आसनले साधारण उत्तेजनामा पर्याप्त आनन्द प्राप्त हुन्छ । केही आसनले साधारण उत्तेजना प्रवाह गर्छन् भने केही विशिष्ट आसन प्रयोग गरिंदा स्त्री पुरुषलाई उत्तम कामात्तेजना अनुभव हुन्छ । यसरी असल आसनको प्रयोगबाट सम्भोग आनन्दको मात्रा र स्तर समेत बृद्धि हुन्छ । सम्भोगक्रिया सम्पादन गर्नुका विभिन्न शैली हुन्छ । शैली वा ढंगलाई आसन भनिन्छ यी आसनको आफ्नै विशेष महत्व हुन्छ, किनभने यिनको सम्बन्ध स्त्री पुरुषको यौन स्वभाव एवं शारीरिक बनोटसँग हुन्छ । सबै स्त्री पुरुषले एउटै आसनबाट सफलतापूर्वक एवं सुविधापूर्वक सम्भोग गर्न सक्तैनन् । हाम्रो र विदेशी समाजमा अनेक प्रकारका आसनमा सम्भोग गर्ने कुरा प्रचलित छ । हिन्दू यौनग्रन्थ शास्त्रहरूमा सम्भोग गर्नका लागि चौरासी आसनको उल्लेख गरिएको छ । शास्त्रहरूमा फरक–फरक यौन स्वभावका स्त्रीहरूसँग पल्टेर, बसेर उभिएर लगायत आसनहरु अपनाउने सल्लाह दिइएको छ । हामीले यी आसनका सबै पक्षमा गम्भीरतापूर्वक विचार ग¥यौं भने थोरै आसनका अतिरिक्त अन्य आसनहरू र निरर्थक प्रतीत हुन्छन् । चिकित्सकीय अवधिमा गरेको अध्ययन अनुसार के निष्कर्ष निकालेको छ भने विभिन्न सम्भोग जोडीले अपनाउने गरेका आसनको तरिका ६ वटा रहेका छन् । यी मध्ये पनि बढी प्रचलित केवल दुई वटा छन् । युवावस्थादेखि पाको उमेरसम्मका सम्भोग जोडीले बताए अनुसार उक्त तथ्य स्पष्ट भएको हो । यो व्यापक अध्ययन थियो जस अन्तर्गत सम्भोग जोडीबाट जानकारी प्राप्त गरिएको थियो । सम्भोगमा प्रयोग हुने ६ वटा मौलिक आसन क्रम अनुसार यसरी रहेका छन् । १. स्त्री मुनि र पुरुष माथि । २. स्त्री पुरुष छेउमा पल्टेर । ३. पुरुष मुनि र स्त्रीमाथि । ४. स्त्री र पुरुष करिव करिव उभिएर । ५. स्त्री र पुरुष अगाडि पछाडि । ६. स्त्री र पुरुष बसेको स्थितिमा । यी मध्ये पहिलो र दोस्रो आसन नै बढी प्रचलित छन् । अन्य आसन निरन्तर व्यवहारमा प्रयोग हुंदैनन्, कहिलेकाहीं सम्भोग क्रियामा नयांपन ल्याउने उद्देश्यले स्त्री पुरुष यस शैलीबाट सम्भोग गर्दछन् । कुनै एउटै विशेष आसनमा सम्भोग गर्ने सल्लाह दिनु उपयुक्त हुंदैन । सम्भोगक्रिया अत्यन्त व्यक्तिगत रुचिमा निर्भर हुन्छ । जसलाई जुन आसन बढी व्यवहारिक, रुचिकर एवं आनन्ददायी प्रतीक हुन्छ ।, उसले त्यही आसनमा सम्भोग गर्नु पर्छ । सधंै एकै किसिमको आसनमा सम्भोग गर्न अनिवार्य छैन । सम्भोगक्रियालाई बढी रुचिकर बनाउन तथा यसमा नवीनता ल्याउनका लागि आवश्यकता अनुसार जहिलेसुकै आसन परिवर्तन गरेर सम्भोग गर्न सकिन्छ । पेन किलरले बाँझोपन ल्याउने ! गर्भवती महिलाले दुखाई कम गर्ने औषधिको प्रयोग गर्दा जन्मिने छोरामा बाँझोपनको खतरा हुने एक अध्ययनले देखाएको छ । अनुसन्धान अनुसार गर्भावस्थामा महिलाले प्यारासिटोमाल, एस्प्रिन र आइबुप्रोफेन जस्ता औषधिको लामो समयसम्म उपयोग गर्नाले उक्त महिलाबाट जन्मने छोराहरूमा प्रजनन अंगको विकासमा नोक्सान पु¥याउन सक्छ । ह्युमन ‘रिप्रोडक्सन’ जर्नलमा हालै छापिएको उक्त अनुसन्धानको नतिजा अनुसार करिव ५० प्रतिशत महिला गर्भावस्थाको समयमा टाउको दुःखाईबाट मुक्ति पाउन दुखाई कम गर्न पेनकिलरको सहारा लिने गर्छन् । यस्ता औषधिको उपयोगले पुरुषमा बन्ने शुक्रकीट हुन सक्छ र जीवनको अन्तिम समयमा उनीहरुलाई अण्डकोषको क्यान्सर हुने जोखिम पनि हुने अनुसन्धानकर्ताहरुको दावी छ । (प्रतिक्रियाको लागि धिकबलमभकज२नmबष्।िअयm)

Post a Comment

0 Comments