श्रीश्रीश्री उग्रतारा बज्रयोगिनी देवीको स्वरुप विभिन्न प्रकारका छन् । साँखुस्थित बज्रयोगिनी देवीको मन्दिर भित्रको स्वरुपलाई हामीहरुले आजभोलि प्रत्यक्ष दर्शन गर्दै आईरहेका छौँ । जुन कुमारी स्वरुपा देवी हुन् । त्यस्तै मन्दिर बाहिर मूलढोका माथि टाँगिएको तोरणमा बज्रयोगिनी देवीको नृत्यमुद्राको रुपमा मात्र देखिन्छ । जबकी अन्य मन्दिरहरुमा भित्र जुन देवी देवताहरु हुन्छन् बाहिर तोरणमा पनि त्यही देवी देवताकै स्वरुप राखिएका हुन्छन् र तर आफैँ उत्पत्ति भएका देवी देवताहरुका स्वरुपहरु गुह्य स्वरुपा हुन्छन् । त्यसकारण त्यसको तान्त्रिक महत्व बेग्लै हुने भएकोले स्वरुपको वर्णन मात्र गरिएका हुन्छन् ।
अन्य श्री यन्त्र, मण्डलाकार तथा षटकोण, अष्टकोण एवम् त्रिकोण भित्र बीज मन्त्र मात्र राखिन्छन् । तीनै बीजमन्त्रनै देवी देवताका आशन बनाएर त्यसमाथि स्वरुपको मूर्ति स्थापना गरिन्छन् । त्यसको लागि वृहत विधी विधान धार्मिक कार्यहरु सम्पन्न गर्नुपर्दछ । त्यसकारण गुह्यश्वरी, पशुपती, स्वयम्भु र साँखुका बज्रयोगिनीका स्वरुपहरु विभिन्न रुपमा देखिएका छन् । स्वयम्भु पाँच जना बुद्धहरुको संयुक्त स्वरुपमा चैत्याकार देखाई चैत्यको नाभीस्थानमा चौसट्ठी योगिनी देवीहरु विराजमान गराईएका हुन्छन् । चार दिशामा पूर्व अक्ष्यौम्य बुद्ध, दक्षिण रत्नसम्भव बुद्ध, पश्चिम अमिताभ बुद्ध, उत्तर अमोघसिद्धि बुद्ध र केन्द्रमा वैरोचन बुद्धासन गराईएका हुन्छन् । त्यस्तै कुनाकुनामा ईशान, आग्नेय, नैऋत्य, वायव्य कोणहरुमा मामुकी, लोचनी, पाण्डुरा र तारादेवीहरुको आशन भई केन्द्रमा बज्रधातु ईश्वरी रहन्छिन् । त्यस्तै स्वयम्भुको भूमी आशनको चारदिशामा श्रृष्टिकान्ता लोकेश्वर आर्याबलोकेश्वर, आनन्दादी लोकेश्वर, पद्मपाणी लोकेश्वर विराजमान गराईएका हुन्छन् ।
तर मन्दिरको तोरणमा अर्कै सम्बर देवताहरुको मूर्ति देखाईएका हुन्छन् । जस्तै साँखुको बज्रयोगिनी मन्दिरको पूर्वपट्टिको मन्दिरभित्र स्वयम्भू चैत्य छ भने बाहिर तोरणमा बज्रसम्बरको मूर्ति देखाइएको छ । पशुपतिभित्र पञ्चमुखी शिवलिङ्ग स्थापना गरिएको छ भने बाहिर तोरणमा शिवशक्तिको रुपमा महादेव पार्वतीको स्वरुप देखाइएका छन् । गुह्येश्वरी मन्दिरभित्रको अरुपाय स्वरुपलाई कलशले छोपिएर राखिन्छन् । तान्त्रिक विधान अनुसार आफसेआफ उत्पत्ति भएका दैवीशक्तिलाई तान्त्रिक विधान अनुसार नै तन्त्रशक्तिबाट छोपेर त्यसमाथि मूर्ति विराजमान गराईन्छन् । सोही मूर्तिलाई आम भक्तजनहरुले दैवी शक्ति मानेर पूजा अर्चना, जप ध्यान होमादी कार्य गरी आफ्नो कार्य सिद्ध गर्दछन् ।
साँखु बज्रयोगिनीको स्वरुप पनि ठिक अन्य तान्त्रिक दैवी शक्ति जस्तै स्थापना गरिएकी देवी हुन् । देवीको नाम अनुसारको मूर्ति समेत राखिएका छन् । उग्रतारा, एकजती, नीलशारदा र बज्रयोगिनी चारै युगमा व्याप्त नामहरु हुन् । स्वरुपपनि छुट्टाछुट्टै मूर्तिहरु देख्न पाइन्छन् । तर हालको बज्रयोगिनी मूर्तिमा खड्गसमेत धारणा गराइदिएको देखिन्छन् । त्यसकारण खड्गयोगिनीको नामले पनि प्रशिद्धी पाएको छ । तर वास्तवमा देवीको हातले खड्ग प्रत्यक्ष समातेको छैन । हत्केला पछाडिबाट खड्गलाई पवित्र झल्लरी रातो कपडाले कस्सीएर बाँधेर मात्र राखेको देखिन्छ ।
काठमाडौँ उपत्यकालाई नेपालमण्डल भनिन्छ । करिब बीस लाख वर्ष अगाडि यो नेपालमण्डल ठूलो तलाउको रुपमा रहेको थियो । बज्रयोगिनीको आज्ञाले मञ्जुश्रीले चोभारको गल्छी बनाई तलाउको पानीलाई निकाशा गरी धेरै कालपछि यस क्षेत्रमा मंजुपतन नामको नगर स्थापना गरि नीति नियम पालना गरि त्यस नगरबासीलाई आवश्यक पर्ने गाँस, बास, कपासको स्रोत प्रबन्ध सिकाएर ज्ञानविज्ञान, संस्कृति, परम्परा आदि सम्पूर्ण सिकाएर आफ्नो शक्ति खड्ग बज्रयोगिनी देवीलाई चढाएर महाचीन फर्कने क्रममा बज्रयोगिनी क्षेत्रमै सिद्ध भएको इतिहासमा उल्लेख भएको पाइन्छ ।
शायद उक्त खड्ग बज्रयोगिनी देवीलाई चढाईएको स्वरुप हालको बज्रयोगिनी देवीको मूर्तिमा पनि प्रत्यक बाह्र बाह्र वर्षमा नयाँ खड्ग समेत मूर्ति नयाँ स्थापना सँगै फेरिँदै छन् । शायद परम्परागत पुरानो खड्गलाई संरक्षण गरि राखिएको बारेमा सोधखोज अनुसन्धान गर्दा प्रमाणित हुन सक्छन् । कुनै कुनै विद्वानहरु बज्रयोगिनीलाई नै मञ्जुश्रीको रुपमा रहेको अनुमान गरेका छन् । नेमुनि र सरस्वतीको मूर्ति पनि बज्रयोगिनी परिसरमै रहेकाले ती कुराहरुको पुष्टी हु सक्ने देखिन्छ ।
बज्रयोगिनीको यौटा रुप मन्दिरकै पछाडी भित्तामा धेरै वर्ष पहिले चित्रको रुपमा लेखिएको थियो । हाल उक्त चित्रको रङ्ग उडिसकेका छन् । सो चित्र रुप अनुसार यौटी विलक्षण प्रतिभायुक्त सर्बाङ्ग नांगो स्त्रीले कत्र्रीकपाल धारणा गरी पद्मकेशर आशनमाथि दुई जना पे्रत योनी स्त्री र पुरुषको जीउमा टेकेर प्रचण्ड आगोको ज्वाला, माला बीचमा देबे्र आकाश दृष्टि गरि अमृत पान गरिरहेको देखिन्छन् । शरीरमा मुण्डमाला र अन्य हालालंकारयुक्त भई खट्वाङ्गलाई शिरमाथी राखि ध्वजारोहण गरी स्त्री योनी चिन्ह स्पष्ट देखाईएको रुपमा रहेका छन् । त्यो रुप अति गुह्य एवम् तान्त्रिक रुप भएकोले अति गोप्य प्रक्षोपाय रुप भनि नामाकरण गरी बज्रयोगिनी देवीको यौटा नाम प्रज्ञापारमिता देवी रहन गएको बुझिन्छ । बाह्र महिनामा बाह्रवटा अलग अलग नामहरु बज्रयोगिनीका छन् भनि हस्तलिखित ग्रन्थहरुमा उल्लेख गरिएका छन् । बाह्र नाम अनुसारको बाह्रवटा रुप पनि हुने नै भयो । त्यसको अनुसन्धान गरेमा स्पष्ट थाहा पाउन सकिन्छ । जुन नामहरु यसप्रकार छन् – १) यशोधरा, २) पद्मावती, ३) कमला, ४) तारा, ५) बसुन्धरा, ६) विजयबाहिणी, ७) महालक्ष्मी, ८) राधिका, ९) शैल्जा, १०) स्वस्थानी, ११) प्रज्ञापारमिता र १२) नवदुर्गा ।
यौटा परम्परागत पुरानो थ्याःसफू हस्तलिखित ग्रन्थमा श्री उग्रतारा बज्रयोगिनी मण्डलमा चारैतिर निम्न भाषाका उग्रतारा ध्यान स्तोत्र लेखिएबाट केन्द्रमा त्रिकोण त्यसपछि त्रिदल कमलको पात र पुनः अष्टदल, पद्मतन्त्रको बीचमा हुँकारको विनाक्षरयुक्त त्रिभुवन जननी त्रिमुखा त्रिनेत्रा तथा षटभूजायुक्त भै खड्ग निलोत्पर माथिल्लो दुई हात दायाँ बायाँ त्यसपछि तल्लो दुई हातहरुमा कत्र्रृ र ब्रम्ह शीर र अर्को तेस्रो पंक्तीको तल्लो दुई हातहरुबाट विन्दुमुद्रा गरिरहेकी भनि व्याख्या गरेका छन् । त्यस्तै शरीरभरि हात, खुट्टा, घाँटी, पेटी, कुण्डल आदि गरि सत्रवटा नागहार बेरेर बाघको छाला कटीमा बेरेर पे्रताशन, महाउग्र, घोर रुपिणी, संसारकी तरुणी, स्थुल, सुक्ष्म, एकजती परमेश्वरी हुन् भनिएको पाईन्छन् । अस्तु ।।
(प्रतिक्रियाको लागि धिकबलमभकज२नmबष्।िअयm)
0 Comments
Thanks for your concerns