यौन चर्चा – प्रस्तुति– नविना राई

एक वर्षपछि किन घट्छ सहबासको आनन्द र सन्तुष्टी दर ? वैवाहिक सम्बन्धको ठ्याक्कै एक वर्ष पुग्दासम्म मानिसहरु आफ्नो पार्टनरसँगको यौन जिवनका कारण सबैभन्दा खुसी हुन्छन् । तर त्यसपछि भने त्यो खुसीको तहमा विस्तारै गिरावट आउने गर्छ । एक अध्ययन अनुसार सम्बन्धको एक वर्षपछि जोडीहरुमा सेक्सप्रतिको रुची, धैर्यता तथा सम्भोग कार्यको दरमा गिरावट आउँदछ । शोधकर्ताहरुले २५ देखि ४१ वर्ष उमेरका ३ हजार जना मानिसमा विभिन्न अवसरमा उनीहरुको यौन जिवनलाई सूचिकृत गर्न लगाएर यस्तो निष्कर्ष निकालेका हुन् । मानिसहरु आफ्नो पार्टनरसँगको यौन सम्बन्ध कायम भएको ठ्याक्कै एक वर्ष बित्दासम्म यौन जिवनलाई लिएर सबैभन्दा उच्चतम सन्तुष्टि तथा खुसीको तहमा पुग्दछन् । म्युनिखस्थित लडविग म्याक्सिमिलियन विश्वविद्यालयकी शोधकर्ता क्लाउडिया समिडबर्गका अनुसार बच्चा हुनुले दम्पतीको यौन सन्तुष्टिमा खासै भूमिका खेल्दैन । तर यौन सम्पर्कको दरमा भने बच्चाको उपस्थिति र उमेरले उल्लेख्य फरक पार्ने उनी बताउँछिन् । तर बच्चा भन्दा पनि श्रीमान श्रीमतीबीच हुने झैझगडा तथा मनमुटाबले यौन सम्बन्धमा सबैभन्दा ठूलो प्रभाव पार्ने शोधकर्ताको ठहर छ । उनका अनुसार बढि झगडालु दम्पतीहरुको सेक्सको दर तथा सन्तुष्टि पनि कम हुँदैजान्छ । शोधकर्ता भन्छिन् यदि सन्तुष्ट यौनजिवन चाहनुहुन्छ भने आपसी झगडालाई स्थगित गर्नुस् । गर्भावस्थामा यौन सम्पर्क नगर्नुस् गर्भावस्थामा महिलाको शारीरिक र मानसिक अवस्था फरक हुने गर्छ । गर्भमा विकसित भइरहेको शिशुमा महिलाको अधिक ध्यान केन्द्रित रहन्छ । नजवीवनको विकास भइरहेकाले महिलाको शारीरिक आकार फरक र तुलनात्मक रुपमा मोटो हुन्छ । तापनि जैविक आवश्यकतामा कमी भएको हुंदैन । कतिपय महिला गर्भावस्थामा हार्मोनको सक्रियताका कारण बढी कामोत्तेजना महसूस गर्छन् । यसले प्रश्न उठाउँछ( के गर्भावस्थामा यौन सम्पर्क गर्नु सुरक्षित हुन्छ ? अनुसन्धानको आ–आफ्नै प्रकारका सीमा र क्षेत्र भए पनि गर्भावस्थामा यौन सम्पर्क सुरक्षित नै हुने तर केही खतरा भने रहने निष्कर्ष दिएका अनुसन्धानपत्र पनि छन् । क्यानेडियन मेडिकल एशोसिएसनको जर्नलमा प्रकाशित एक अनुसन्धान विवरण अनुसार गर्भावस्थामा यौन सम्पर्क गर्न सकिन्छ तर असावधानी र अन्य कारणले केही खतरा उत्पन्न हुनसक्छ । खतराको उल्लेख गर्दै भनिएको छ, असामान्य हो तर गर्भावस्थामा यौन सम्पर्क गर्नाले गर्भ तुहिन सक्छ, तल्लो पेटमा संक्रमण हुन सक्छ, सेर्भिक्सलाई ढाक्ने सालमा क्षति पुगेर रक्तस्राव हुने र रक्तथेक्ला बन्न सक्ने सम्भावना हुन्छ । गर्भावस्थामा महिलाले यौन सम्पर्क नगर्नु नै राम्रो मानिन्छ । किनभने गर्भ तुहिने खतरा रहन्छ । योनीमा संक्रमण भएकी गर्भवती महिलाले नियमित यौन सम्पर्क गराएमा गर्भ तुहिने वा अविकसित शिशु जन्मने खतरा बढ्छ । गर्भमा एकभन्दा बढी शिशु भएको तथा पहिले गर्भ तुहिएको महिलाले अधिक सावधान रहनुपर्ने सुझाव अनुसन्धानकर्ताले दिएका छन् । केही आसनमा यौन क्रिया गर्दा योनीभित्र हावा खाँदिएर गर्भाशयमा रक्तथेला जन्म गई गम्भीर समस्या उत्पन्न हुन सक्ने औंल्याइएको छ । अनुसन्धानकर्ताले लेखेका छन्, गर्भावस्थामा यौन सम्पर्क सामान्य हो, न्यून खतरा वर्गमा पर्ने गर्भवतीले यौन सम्पर्क गराउँदाको खतरा बारे निकै कम प्रमाण जुटेको छ र यसमा विवाद पनि छ । (प्रतिक्रियाको लागि धिकबलमभकज२नmबष्।िअयm) महिलाको पित्तथैलीबाट निकालियो १२ हजार पत्थरी एकजना महिलाको पित्तथैलीबाट डाक्टरले झण्डै १२ हजारवटा पत्थरी निकालेर विश्व किर्तिमान कायम गरेका छन् । भारतको कोलकातास्थित देवदूत सेभायान अस्पतालमा ५१ वर्षकी मिनाती मण्डलको सरीरबाट ११ हजार ९५० वटा पित्तथैलीको पत्थरी निकालिएको हो । लामो समयदेखि पेट तथा छाति दुख्ने र पोल्ने समस्याबाट पीडित रहेकी मण्डल दुइ हप्ताअघि अस्पताल भर्ना भएकी थिइन् । अल्ट्रासाउण्डका क्रममा डाक्टरहरुले उनमा निकै जटिल पित्तथैलीको पत्थरी रहेको पत्ता लगाएका थिए । अस्ट्रासाउण्डका क्रममा पित्तथैलीमै ठूलै पत्थरी रहेको देखिएको भएपनि यतिधेरै पत्थरी होला भनेर आफुले नसोँचेको उपचारमा संलग्न डाक्टर मखललाल शाहले बताए । पत्थरीको संख्या ५ हजार नाघेपछि आफु निकै अचम्ममा परेको उनको भनाइ छ । पित्तथैलीले यतिधेरै पत्थरी थाम्न सक्छ भन्ने कुरा आफुले कहिल्यै कल्पना पनि नगरेको उनी बताउँछन् । बिरामी महिलाको पित्तथैलीबाट पत्थरी हटाउनका लागि पूरै ५० मिनेट लागेको थियो । त्यसलाई बाहिर निकालेपछि डाक्टरले ४ जना सहयोगीलाई गन्न लगाएका थिए र उनीहरुले पूरै ४ घण्टा लगाएर गनेका थिए । यो किर्तिमानी पत्थरीको नमूनालाई संग्रहित गर्नका लागि डाक्टरहरुले लण्डनस्थित रोयल कलेज अफ प्याथोलोजीलाई पत्र पनि लेखिसकेका छन् । यो पत्थरीले गिनिज बुकमा नाम लेखाउने पक्का छ । यसअघि सन् १९८३ मा बेलायती डाक्टरहरुले एकजना जर्मन बिरामीको पित्तथैलीबाट ३११० वटा पत्थरी निकालेका थिए । यी भारतीय महिलाको पित्तबाट त त्यसको ३ गुणा धेरै पत्थरी निकालिएको छ । पित्तथैलीको शल्यक्रिया पछि ती महिला अहिले घर फर्किसकेकी छिन् र स्वास्थ्यलाभ लिइरहेकी छिन् ।

Post a Comment

0 Comments