साँखु÷साँखु जेसीजले आगामी कार्तिक २६ गते नेपाल सम्वत् ११३६ को अवसरमा भिन्तुना मोटर साईकल ¥याली निकाल्ने भएको छ ।
उक्त ¥यालीको रुट बारे आगामी दिनमा निर्णय गरिने जेसीज सूत्रले बताएकोछ । जेसीज सूत्रका अनुसार अघोषित भारतीय नाकावन्दीका कारण पेट्रोलियम पदार्थको अभाव भएमा साँखु बजार मात्रै परिक्रमा गरिने र सो ¥याली साईकलको समेत सहभागिता गराईनेछ भने नाकावन्दीको प्रभाव घटी पेट्रोलियम पदार्थ सहज भएमा भने ¥यालीको रुट गत वर्ष जस्तै लामो हुने जानकारी समेत अध्यक्ष नवराज श्रेष्ठले हामीलाई जानकारी दिएका छन् ।
उहाँका अनुसार कार्तिक २५ गते नयाँ वर्षको स्वागत स्वरुप साल्खाटोलको डबलीमा दिपावली गरिनेछ भने कार्तिक २६ गते विहान नयाँ वर्षको प्रभातफेरिको समयमा चियापान कार्यक्रम गरिनेछ र दिउँसो २ बजे तिर मोटरसाईकल ¥यालीको सुभारम्भ गरिनेछ ।
0 Comments
Thanks for your concerns