साँखु प्राविमा एसओएसको सहयोग

साँखु÷साँखु प्राथमिक विद्यालयमा विद्यार्थी पढाउने अभिभावकहरुलाई लक्षित गरि एसओएस (सेभ आवर सोल्स)को तर्फबाट अहिलेसम्म २१ जना अभिभावकहरुकोलागि उनीहरुकै प्रस्ताव अनुसार ३० देखि ५० हजारसम्मको अनुदान सहयोग गरेको छ । उक्त सहयोग राशीको लागि सोही स्कूलका अभिभावकहरुको संयोजनमा एउटा कमिटी बनाएर उनीहरुकै सिफारिशमा बाख्रा पालन लगायत विभिन्न प्रयोजनको लागि एसओएसले सहयोग गरेको हो । पहिलो चरणमा ९ जनालाई र दोस्रो चरणमा गत कार्तिक १५ गते १२ जनालाई गरि जम्मा २१ जना अभिभावकलाई आर्थिकरुपमा सक्षम बनाउन उक्त सहयोग गरिएको हो । त्यसैगरि एसओएसले विद्यार्थीहरुलाई किट ब्याग र ज्याकेट समेत प्रदान गरेको छ । त्यसैगरी साँखु चलाखुटोलका ओम शंकर श्रेष्ठले सो स्कूलका विद्यार्थीहरुलाई ट्रयाकसूट वितरण गरेको छ । पहिलेको तुलनामा यस्तो सहयोग भूकम्पपछि साँखु प्राथमिक विद्यालयमा केही बढी आएको प्रअ गोपाललाल श्रेष्ठ बताउनुहुन्छ ।

Post a Comment

0 Comments