Rochak Bishwo

बढी टिभी हेर्नु हानिकारक हुने टिभी हेर्न सबै रुचाउँछन् तर टिभी हेर्न बानी आवश्यकता भन्दा बढी हुंदा जीवनकै लागि खतरनाक हुन सक्छ । टिभी हेर्दा हरेक घण्टा तपाईंको उमेर २२ मिनेट कम हुंदै जान्छ । एउटा अध्ययनले उमेर र टिभी हेर्नुबीच यस्तो सम्बन्ध देखाएको हो । बोस्टनको हावर्ड स्कूल अफ पब्लिक हेल्थले यो अनुसन्धान गरेको थियो । अध्ययनमा औसत रुपमा दिनहुँ छ घण्टासम्म टिभी हेर्नेको उमेर पांच वर्ष कम हुने औंल्याएको छ । अनुसन्धानमा दावी गरिएको छ कि बढी समयसम्म टिभी अगाडि बस्नु स्वास्थ्यका लागि त्यति नै खतरनाक हो जति धूम्रपान र मोटोपनाले हुुन्छ । यसको कारण चाहिं टिभी अगाड व्यक्ति निष्क्रिय भएर बस्छन् र केही न केही खाइरहेका हुन्छन् भन्ने हो । यो अनुसन्धानमा २५ वर्ष उमेर समूहका ११ हजार व्यक्तिलाई सामेल गरिएको थियो । अनुसन्धानकर्ताहरूका अनुसार एउटा चुरोटले व्यक्तिको जीवनलाई ११ मिनेट कम गर्छ, जुन आधा घण्टा टिमी हेर्नु बराबर हो । अनुसन्धानकर्ताहरूको बढी टिभी हेर्दा व्यक्तिलाई रोगले च्याप्ने र उसको उमेर अगावै मृत्यु हुने पनि औंल्याएको छ । स्वस्थ रहन यौन सम्बन्ध प्रभावकारी काम गर्दा वा अध्ययन गर्दाका अवस्थामा मानिसहरू को दिमाग एक ठाउँ केन्द्रित नहुने निष्कर्ष खोजकर्ताहरू को छ । खोजकर्ताका अनुसार पढ्दा वा काम गर्दा मस्तिष्क यताउता डुल्न थाल्छ यसो हुनु स्वस्थ्यको लागि राम्रो होइन । र, यसबाट मुक्तिका लागि स्वस्थ यौनसम्बन्ध प्रभावकारी हुने निष्कर्ष खोजकर्ताहरू को छ । अध्ययनहरू का अनुसार अधिकांश व्यक्ति दाँत माझ्दा वा अन्य काम गर्दा त्यसको करिब ५० प्रतिशत समय कल्पनामा खर्च भइरहेको हुन्छ । यौन सम्पर्क गर्दा मात्र मस्तिष्क यताउता नभड्कने निष्कर्ष खोजकर्ताहरूको छ । हार्वड विश्वविद्यालयका म्याथ्यु किलिङ ्सवर्थ र उनका सहयोगी डेनियल गिलवर्टले यस विषयमा गरेको अनुसन्धानमा प्रायः व्यक्ति मुड बिग्रेका बेला कल्पनामा रमाउँछन् । तर मुड ठीक पार्न डे– डिँ मिङ थोरै सहयोगी हुन्छ । धुमपान गर्नेसँग सुत्नु पनि हानिकारक धुमपान गर्ने अम्मली आमाबुबासँग सुत्नु बालबालिकाका लागि हितकर हुँदैन । उनीहरूको स्वास्थ्यमा प्रतिकूल प्रभाव पर्न सक्छ । यस्ता बालबालिकामा निकोटिनको स्तर ती बालबालिकाको दाँजोमा तीन गुणा बढी हुन्छ । जो धुमपान गर्ने आमाबाबुबाट अलग अर्कै कोठामा सुत्छन् । अनुसन्धानकर्ता अनुसार झ्याल ढोका खुलै राखेर कोठालाई हावादार बनाउँदा पनि अम्मली आमाबुबासँग सुत्ने बालबालिका सम्भावित असरबाट जोगिन सक्दैनन् यो अनुसन्धानमा संलग्न ग्वाडलुप आर्टेजालका विकासशील देशमा बालबालिकाको मृत्युदरको एउटा ठूलो कारण अर्काको धुमपानले उनीहरूमा पर्ने असर हो । हाम्रो अनुसन्धानले सानो उमेरमा बालबालिकामा पर्ने तमाखुको असर कति भयानक हुन्छ भन्ने दर्शाउ ू छ । उक्त अनुसन्धानमा स्पेनको काटालुनियाका ९६ प्राथमिक स्वास्थ्यकेन्द्रलाई सामेल गरियो । अनुसन्धानकर्ताहरूले १८ महिनाभन्दा कम उमेरका १ हजार १ सय २३ बालबालिकाको अभिभावकसँग कुराकानी गरे । ती अभिभावक जोडीमध्ये कम्तिमा एकजनाले धुमपान गर्थे । वैज्ञानिकहरूले दुई सय ५२ बालबालिकाको कपालको नमुना लिएर त्यसमा निकोटिनको स्तर परीक्षण गरे । करिब ८३ प्रतिशत नमुनामा निकोटिनको स्तर धेरै बढी पाइयो । अनुसन्धानअन्तर्गत करिब ७३ प्रतिशत अभिभावकले आफुहरू घरमै धुमपान गर्ने स्वीकार गरेका थिए ।

Post a Comment

0 Comments