गजल
– इच्छाराम थापा “धड्कन” शंखरापुर–१४, खुलालटार
देशको स्वाभिमान ढले शहीद रुने छन्
वीरता पहिचान जले शहीद रुने छन्
मोती उम्रने प्रकृति छ पराश्रित आँखा
आँगनीमा रगत फले शहीद रुने छन्
आमाको गहना नंगाई श्रृंगारिक भए
परदेशी साम्राज्य चले शहीद रुने छन्
आगो ओकल्ने वीर गाथा दूर क्षितिजमा
साहसी परिवेश बले शहीद रुने छन्
गर्भिय बहादुर योद्धा आँशु खस्यो तप्प
क्रान्तिकारी गरिमा छले शहीद रुने छन् ।
– इच्छाराम थापा “धड्कन” शंखरापुर–१४, खुलालटार
देशको स्वाभिमान ढले शहीद रुने छन्
वीरता पहिचान जले शहीद रुने छन्
मोती उम्रने प्रकृति छ पराश्रित आँखा
आँगनीमा रगत फले शहीद रुने छन्
आमाको गहना नंगाई श्रृंगारिक भए
परदेशी साम्राज्य चले शहीद रुने छन्
आगो ओकल्ने वीर गाथा दूर क्षितिजमा
साहसी परिवेश बले शहीद रुने छन्
गर्भिय बहादुर योद्धा आँशु खस्यो तप्प
क्रान्तिकारी गरिमा छले शहीद रुने छन् ।
0 Comments
Thanks for your concerns