संविधान घोषणासँगै सुरुभएको मधेशी मोर्चाको नाकावन्दी र भारतको अघोषित नाकावन्दीको सिकार यस पटकको दशैँ हुने भएको छ । मुलुककै सबैभन्दा ठूलो चाड दशैँ यसपटक संकटपूर्ण अवस्थाबाट गुज्रिने भएको छ ।
हुनतः जबसम्म काठमाडौँलाई समस्या पर्दैन तबसम्म काठमाडौँ जाग्दैन भनिन्छ । सम्भवतः यसपटक पनि दशैँ र तिहारमा दैनन्दिन कामहरु गर्न नै समस्या हुने भएपछि तिहार लगत्तै काठमाडौँ जाग्ने हुन् कि ? यदि यस्तो भएमा जसको नेतृत्वमा बनेको सरकार भएपनि चैत्रसम्ममा ढल्न सक्छ ।
तर यसबीच भारतले नाकाबन्दी हटाएमा भने मुलुकमा केही समय स्थिरता आउन सक्ने सम्भावना प्रवल रहेको छ । हुनतः राजनीतिमा जे पनि हुनसक्ने भनेजस्तै नेपाली काँगे्रस र नेकपा एमालेबीच भएको भनिएको भद्र सहमतिको कुनै अर्थ यसपटक रहेन । प्रचण्डको भाषामा भन्ने हो भने काँगे्रसले यसको पालना गरेनन् । काँगे्रसभित्र भारतले खेलेको समेत उनले आरोप लगाएका छन् ।
कुरो जे जस्तो भएतापनि कुनै विदेशी मुलुकले प्रधानमन्त्री को हुने वा नहुने भनेर खेल्न सकिने स्थिति यदि मुलुकमा देखिएको हो भने यो ज्यादै खतरनाक कुरा हो । तर वामपन्थीहरु हौवाकै पछाडि मात्र लाग्ने भएको र भारतको विरोध गर्नुलाई उनीहरु आफ्नो धर्म ठान्छन् ।
उनीहरुको भाषामा १९५० को सन्धी, कोसी सम्झौता, टनकपुर सन्धी, महाकाली सन्धी सबै सन्धी सम्झौताहरु राष्ट्रघाती हुन् । तर यी नै सन्धी र सम्झौताहरुको पक्षमा समेत यिनीहरुले बेला बेलामा बोलेको पनि देखिन्छ । यस प्रकारको छेपाराले जस्तै रङ फेर्ने कारण नै वामपन्थीहरुलाई भन्दा काँगे्रसलाई नेपाली जनताले पत्याएका हुन् ।
अहिले मधेश आन्दोलित छ । समग्ररुपमा मधेशमा कार्यरत क्षेत्रिय पार्टीहरुलाई सम्विधान बनाउने जस्तो महत्वपूर्ण कार्यमा बाईपास गरिएपछि विद्रोह वा क्रान्ति हुनु स्वाभाविक नै हो । उनीहरुलाई स्पेश दिनु जरुरी छ । यतातर्फ प्रमुख दलहरुका प्रमुख नेताहरुले विचार नपु¥याएकै कारण अहिले मुलुकमा समस्या देखापरेको हो भन्दा अत्युक्ति नहोला ।
नेपालमा भारत विरोधी जनमत प्रवल रहेको छ । त्यसैलाई आधार मानेर वामपन्थीहरु भारतको विरोध गरेर आफ्नो दुनो सोझ्याउने गर्दै आएका छन् ।
यस पटकको दशैँ संकटपूर्ण अवस्थाबाट गुज्रिने भएतापनि आ–आफ्नै परम्परा र तरिकाले मितव्ययी भएर दशैँ मनाउनु पर्ने देखिएको छ । दशैँको अवसरमा भगवानसँग पनि सम्पूर्ण नेपालीलाई सद्वुद्धि देउन् भनि प्रार्थना नै गरौँ ।
0 Comments
Thanks for your concerns