नेचुरल सहकारीद्वारा विज्ञान संकायतर्फ कक्षा ११ को लागि पाठ्यपुस्तक वितरण





५ असोज २०७९, बुधवार

लावण्य/साँखु । नेचुरल वचत तथा ऋण सहकारी संस्थाले साँखु शाखा खुलेको ५ वर्षको पुगेको अवसरमा भाग्योदय माध्यमिक विद्याललयमा अध्ययनरत विज्ञान संकायतर्फ कक्षा ११ का २५ जना विद्यार्थीहरुलाई निःशुल्क पाठ्यपुस्तक वितरण गरेको छ ।

पाठ्य पुस्तक वितरण कार्यक्रममा बोल्दै नेचुरल वचत तथा ऋण सहकारी संस्था साँखु शाखाका प्रबन्धक घनश्याम नेपालले भन्नुभयो– नेचुरल सहकारीले प्रत्येक ३÷३ महिनामा सामाजिक उत्तरदायित्व अन्तरगत सामाजिक क्षेत्रमा सहयोग गर्ने क्रममा यसपटक भाग्योदय माध्यमिक विद्यालयलाई सहयोग गर्न पाउँदा खुशी लागेको बताउनुभयो ।
कार्यक्रमममा सञ्चालक समितिका सदस्य जीवन श्रेष्ठले भन्नुभयो भाग्योदयमा विज्ञान संकाय सुरु गर्न खोज्दा सकिन्न भन्ने कुरा आएको भएतापनि अब भने सहयोगी दाताहरुको खुल्ला हृदयका साथ सहयोग पाएको कारण विज्ञान संकायको अध्यापन गर्न कुनै कठिनाई नहुने अपेक्षा गर्नुभएको थियो ।


कार्यक्रममा सभापतित्व गर्दै सञ्चालक समितिका अध्यक्ष मधु केसी “निरज”ले भन्नुभयो कक्षा ११ को विज्ञान संकायका विद्यार्थीहरुले अहिलेसम्म विभिन्न दाताहरुबाट प्राप्त पाठ्यपुस्तक पाईरहेको बताउँदै शारदालक्ष्मी वचत तथा ऋण सहकारी संस्था, बज्रशाली बहुउद्देश्यीय सहकारी संस्था लगायतको प्रशंसा गर्दै भन्नुभयो, शंखरापुर नगरपालिकाभित्रका विज्ञान संकायमा पढ्ने करीब ५० जना विद्यार्थीमध्ये भाग्योदय माविले २५ जना भर्ना लिनसक्नुलाई उपलब्धीपूर्ण भन्नुभयो । सुरुमा ५÷६ जनाबाट सुरु गरेकोमा अहिले २५ जना पुगेको बताउनुभयो ।
सो अवसरमा सहकारीले विद्यार्थीहरुलाई पाठ्यपुस्तक वितरण गरेसँगै केही महानुभावहरुलाई मायाको चिनोस्वरुप डायरी प्रदान गरेका थिए ।

Post a Comment

0 Comments