रोचक विश्व
मृतकका नाममा औँला काट्ने चलन
इण्डोनेसियाका दानी आदिवासीमा अनौठो चलन छ । परिवारमा कसैको मृत्यु भए महिलाले भावनात्मक दुःखका साथ शारीरिक कष्ट पनि बेहोर्नुपर्छ । कुनै नातेदारको मृत्युमा महिलाले दुःख प्रकट गर्न आङ्खनो हातको एउटा औंला काट्नुपर्छ । यस अनौठो परम्पराको उद्देश्य हो– पैतृक भूतलाई सन्तुष्ट राख्नु ।
त्यसैगरी चीनका केही भूभागमा पत्नीलाई डाँडाल्नोमा बोकेर पतिले भुंग्रोमाथि हिंड्ने चलन छ । विवाहपछि पत्नीलाई गृहप्रवेश गराउनुअघि पतिले आगोमाथि हिंड्नुपर्ने यस परम्पराका पछाडि रहेको विश्वास हो– यसले पत्नीलाई सहज र सफल पारिवारिक जीवन दिलाउनेछ ।
0 Comments
Thanks for your concerns