दिनहूँ कट्टु फेर्ने लतले टाट पल्ट्यो
उनमा कुनै लागुऔषध तथा जुवातासको लत थिएन । वास्तवमा त्यो लत स्वास्थ्यका लागि हानिकारक पनि होइन । तर उनको लत आर्थिक हिसाबले जुवातास तथा लागुपदार्थको लत भन्दा पनि खराब सावित भयो । वास्तवमा त्यो कट्टुको लत थियो, जसले उनलाई टाट पल्टायो ।
तिन दिनसम्म एउटै पेन्टी मात्र लगाइरहने आफ्नी भुतपूर्व प्रेमिकाको बानीबाट दिक्क भएका कर्ट अल्मोन्डमा प्रेम विछोडको पीडाले एउटा अनौठो बानीको विकाश भयो । उनलाई यस्तो लत लाग्यो की हरेक दिन एउटा नयाँ अण्डरवेयर फेर्नैपर्ने, त्यो पनि काल्विन क्लेइन्स ब्राण्डको । पार्टनरसँग ब्रेकअप भएदेखि उनमा पेन्टीको लत लागेको रहेछ । तिन दिनसम्म एउटै पेन्टी लगाउने पुरानो अतीतलाई मेटेर आफुलाई फ्रेस बनाउनका लागि उनले हरेक दिन नयाँ पेन्टी लगाउन थालेका रहेछन् । ब्रेकअप पछिको चिन्ता मेटाउन र मन बुझाउन पनि नयाँ पेन्टीलाई उनले बहाना बनाए सुरुमा ।
पेशाले रेष्टुरेन्ट म्यानेर रहेका २६ वर्षे कर्ट अल्मोन्डले एक हप्तामै ४० पाउण्ड अर्थात् झण्डै ७ हजार रुपैयाँ पेन्टीमै खर्च गर्नथाले । ‘जब नयाँ पेन्टी लगाउँथे, तब मलाई निकै सजिलो तथा आनन्द महसुस हुन्थ्यो’, उनी भन्छन् ।
तर दिनहुँ नयाँ ब्राण्डेड पेन्टी किन्ने पैसा लामो समयसम्म पुग्ने कुरै भएन । त्यसैले उनले पछि सस्तो खालका पेन्टी किनेर लगाउन थाले । तर हुँदाहुँदा उनी टाट नै पल्टिए । पेन्टी खरीद गर्दा गर्दै उनको भएभरको पैसा सबै रित्तियो ।
उनको त्यो खर्चालु बानीको बारेमा उनकी आमालाई पत्तो थिएन । आफुसँग पैसा नभएर टाट पल्टिएपछि उनी निकै गम्भीर बने । उनी वास्तवमा आफ्नो लतलाई जारी राख्ने हालतमा थिएनन्, त्यसैले उनले आफ्ना पूराना अण्डरवेयरलाई सफा गरेर फेरि लगाउने निर्णय गरे । त्यसपछि उनले फ्याँक्नका लागि टोकरीमा राखिएका थुप्रै अण्डरवेयर झिके र एकाएक धुुन थाले । आजकल उनले दिनहुँ नयाँ पेन्टी लगाउने आफ्नो पुरानो बानी त्यागिसकेका छन् र चलुन्जेल पूरानै पेन्टी धोइपखाली लगाउँछन् ।
आफ्नो पुरानो लत सम्झिंदा उनलाई अहिले पनि अचम्म लाग्छ । अरु मान्छेले लभ टुटेपछि जाँडरक्सीमा लत बसाल्छन्, तर उनमा भने कट्टुमा लत बस्यो । कट्टुमा लत बसेको सायद दुनियामा आफु नै पहिलो मानिस भएको उनको ठम्याई छ ।
कम्युटरको आर्यघाट जहाँ लाखौँ टन ग्याजेन नष्ट गरिन्छ
हजारौँ टुटेफुटेका कम्प्युटर, टेलिभिजन, ल्यापटप, माइक्रोवेभ तथा फ्रिजको भिमकाय पहाड नै बनेको छ त्यहाँ । झण्डै विश्वभरका अझ भनौँ धनी देशका मान्छेले चलाएर फ्याँकेका विद्युतिय सामानहरुको चिहान हो यो ।
पश्चिम अफ्रिकाको घानास्थित उग्बोग्ब्लोशीमा रहेको यो ‘इलेक्ट्रोनिक चिहान’मा दसौँ लाख टन विद्युतिय फोहोर वर्षेनी डम्प गरिन्छ ।
विश्वका विभिन्न देशबाट यस्ता विद्युतिय फोहोरहरु अवैध रुपमा त्यहाँ ओसारिन्छ र फ्याँकिन्छ । आफ्नो देशमा व्यवस्थापन गर्न असहज भएपछि त्यसलाई पन्छाउनका लागि विभिन्न विकशित देशहरुले अनेक बहानामा काम नलाग्ने यस्ता विद्युतिय सामानहरु अफ्रिका पूराउने गरेका छन् ।
उक्त ल्याण्डफिलमा बिग्रेका कम्प्युटर, टेलिभिजन, एसी, फ्रिज लगायतका असंख्य सामान देखिन्छन् । कतिपय स्थानीय बासिन्दाले यिनै सामानहरुको डंगुरमा केही काम लाग्ने र बेच्न मिल्ने सामानहरु खोजेर जिविका चलाइरहेका पनि छन् । तर विद्युतिय फोहोरको डंगुरले त्यहाँको जल तथा जमिन नराम्ररी प्रदुषित बनिरहेको छ ।
फोहोरमैला व्यवस्थापन सम्बन्धि बासेल अभिसन्धी अनुसार यसरी फोहोरमैला अर्को देशमा लगेर थुपारिदिने अवैध काम हो । तर युरोपका धेरैजसो देशहरुले त्यसलाई उल्लंघन गर्दै अफ्रिकामा फोहोर पु¥याइरहेका छन् ।
अफ्रिका महादेशका सबै देशहरुले जम्माजम्मी एक वर्षमा १९ लाख टन मात्र विद्युतिय फोहोर उत्पादन गर्दछन्, तर यी देशहरु विश्वका अधिकांस देशबाट ओसारिने करोडौँ टन फोहोरको पीडा भोग्न बाध्य बनिरहेका छन् ।
एक तथ्यांक अनुसार विश्वमा गएको वर्ष ४ करोड १० लाख टन विद्युतिय फोहोर उत्पादन भयो । त्यो भनेको १८ चक्का भएका ११ लाख ट्रकहरुको तौल बराबर हुन्छ । ११ लाख टक्र सिधा बाटोमा लहरै राख्ने हो भने न्युयोर्क देखि टोकियोसम्म पुग्दछ ।
कुकुरले अंगे्रजी फरर्र बोलेपछि
मानिसले सिधाएका शव्दहरु सुगाले जस्ताको तस्तै भनेको त सुनिएकै हो । तर सिक्ने र कला देखाउने मामिलामा कुकुर पनि पछि पर्दो रहेनछ । एउटा कुकुरले अहिले खुबै तहल्का मच्चाएको छ र सबैलाई आश्चर्यमा पारेको छ ।
बेलायतको चर्चित टेलिभिजन रियालिटी शोे ब्रिटीस गट ट्यालेन्ट अन्तरगत यो सिजनलाई विन्डी नामको कुकुरले धमाकेदार सुरुवात गरिदिएको छ । कुकुरले स्टेजमा गएर अंग्रेजीमै बोल्न र भाका हाल्न थालेपछि रियालिटी शो का निर्णायक मण्डल तथा उपस्थित दर्शक सबै तिनछक परे ।
६१ बर्षिय फे्रन्च नागरिक मार्क मेट्रलले विन्डी नामको कुकुरसँग रियालिटी शो मा प्रस्तुत भए । उनले कुकुरसँग कुराकानी गर्न थाले । कुकुरले साँच्चीकै मान्छेकै जस्तै गरे छोटा छोटा एकशव्दे जवाफ फर्कायो ।
अंग्रेजी मात्र होइन कुकुरले स्पेनिस पनि बोल्यो । केही बोल्न लगाउँदा नो भन्ने कुकुर हड्डी देखाएपछि एस भनेको दृश्य झनै रोमान्चक थियो । हेरौँ कुकुरले बोलेको यो चर्चित भिडियो जसलाई ६४ लाखले हेरिसकेका छन् ।
0 Comments
Thanks for your concerns