धान बालीमा लाग्ने खैरो थोप्ले रोग – प्रस्तुति– सत्यनारायण श्रेष्ठ

रोगको नामः खैरो थोप्ले रोग (ब्राउन लिफ स्पट) यो रोगको सुरुवात तथा फैलावट ः यो खैरो थोप्ले रोग सन् १९०० अर्थात् आज भन्दा झण्डै १११ वर्ष अघि पहिलोपल्ट वर्णन गरिएको पाइन्छ । नेपालमा यो रोग सन् १९६५ मा पहिलोपल्ट औपचारिक रुपमा रेकर्ड गरिएको थियो । नेपाल अधिराज्यको धान खेती गर्ने सम्पूर्ण क्षेत्रमा यो रोग फैलिएको छ । रोगबाट हुने नोक्सानी ः धान खेती गरिने धेरै देशहरुमा यो रोगलाई आर्थिक दृष्टिकोणबाट महत्वपूर्ण मानिएको छ । सन् १९४२–४३ मा भारतको पश्चिम बंगालमा भएको भुखरिमा यो रोगको प्रमुख भूमिका थियो । जसमायो रोगले गर्दा सम्पूर्ण बंगालको कूल उत्पादनमा ५० देखि ९० प्रतिशतसम्म ह्रास आएको थियो । नेपालमा पाईने ढुसीजन्य रोग मध्य यो रोग दोस्रो स्थानमा पर्दछ । तर विशेष अवस्थामा बाहेक यो रोग मरुवा जस्तो हानिकारक पाइएको छैन । रोगी बीउका कारण बीउको तौल कम हुनुका साथै बीउको उम्रने शक्ति पनि कम हुन जान्छ । भर्खर उमे्रको बेर्नामा यो रोगले आक्रमण भएमा पूरै बेर्ना मर्न सक्छ । रोगको कारण रोप्ने थलामा बेर्नाको कमी हुन जान्छ । बोट गाँजिरहेको अवस्थामा यो रोगको प्रकोप बढी भएमा बाला सेतो फोस्रो भई उत्पादनमा ठूलो ह्रास आउन सक्छ । यदि यो रोग बाला पाक्ने अवस्थामा लागेमा खासै नोक्सानी हुँदैन तर बालामा यो रोग बढी लागेमा पोगटा बढी पर्नुका साथै रोगी बीउ बढी हुनसक्छ । रोगको लक्षण ः यो रोग भर्खर उमे्रको बेर्नादेखि लिएर धान बालीको जुनसुकै अवस्थामा लाग्नसक्छ । यो रोगको लक्षण पातमा आउने थोप्लाहरु बाहुला अथवा अण्डाकार हुन्छन् जुन तीलको दानको आकारसँग हुबहु मिल्दो जुल्दो हुन्छ । भर्खरै विकसित हुँदै गरेको थोप्लाहरु गाढा खैरो रंगको हुन्छ भने पूर्ण विकसित थोप्लाहरु खैरो रंगको हुन्छ । तिनको केन्द्र भाग फुस्रो अर्थात खरानी रंगको हुन्छ । यस्को अलावा सबैजसो थोप्लाहरु हल्का पहेँला किनाराले घेरिएका हुन्छन् । यी थोप्लाहरु पातमा, पातको फेदमा तथा बालामा समेत लाग्ने गर्दछ । रोगको नियन्त्रण ः खेतिको तरिकामा सुधार, स्वस्थ बीउको प्रयोग, रोगी बोटका टुटाहरु र अन्य झारपात जलाई नष्ट गर्ने उचित मात्रा र उपयुक्त समयमा मलको प्रयोग गर्ने र खेतमा पानीको उचित प्रबन्ध गर्ने । रासायनिक नियन्त्रण ः १) मेनफिल वा किसान एम–४५ अथवा इन्डोफिल जेड–७८, ३ ग्राम प्रतिलिटर पानीमा मिलाई वा २ ग्राम प्रतिलिटर पानीमा मिलाई बोटको सबै भागमा पर्ने गरि स्पे्र गर्ने, आवश्यक परेमा ७–१५ दिनको फरकमा दोहो¥याउने ।

Post a Comment

0 Comments