साँखु÷गत चैत्र ३० गते करिब विहान करिब ८ बजेतिर साँखुको चलाखुटोलस्थित महालक्ष्मी मन्दिरसँगै परम्परागत रुपमा लिङ्गो ठड्याउने कार्य यस वर्ष समेत सम्पन्न भएको छ । उक्त अवसरमा साँखुबासी लगायत अन्य स्थानका समेत दर्शनार्थीहरुको भीड लागेको थियो । सो लिङ्गो बैशाख २ गते विहान ढालिसकेपछि यस धार्मिक कार्य सकिएको जनाउन हुन्छ ।
साँखुमा लिङ्गो ठड्याउने कार्य कहिलेदेखि सुरु भएको भन्ने यकिन नभएतापनि भक्तपुरको विस्केट जात्रा भन्दा पुरानो रहेको अनुमान गर्न सकिन्छ । यस लिङ्गोमा झुण्ड्याइने पुरानो पत्ता प्रताप मल्लकालिन रहेको बुझिएको छ ।
किम्बदन्ती अनुसार यस लिङ्गोमा पहिले दुईवटा पत्ता झुण्ड्याइन्थ्यो । पछि एउटा पत्ता उडेर गएपछि त्यो पत्ता भक्तपुरमा पुगेको हुँदा भक्तपुरमै रहन गएको र सोही पत्ता भक्तपुरको विस्केट जात्रामा प्रयोग गरिने र अर्को पत्ता मात्रै साँखुमा रहेको भनाई छ । यस सम्बन्धी सत्य तथ्य बुझ्न सम्बन्धित निकाय तथा ईतिहास सम्बन्धी अनुसन्धान गर्नेहरुले चनाखो हुनुपर्ने भनाई अधिकांश सर्वसाधारणको रहेको छ ।
0 Comments
Thanks for your concerns