साँखु ः एसियाको रोम शहर

प्रकाशमान सक्व
साँखु झण्डै तेत्तिससय वर्ष अगाडिदेखि अस्तित्वमा रहेको पुरानो नगर हो । मणिशैल महावदानमा महानगरको रुपमा व्याख्या गरिएको यस नगरभित्र बाहिर कलात्मक ढुंगेधाराहरु अष्टमातृका पीठ, नायिक देवीहरु, राजकूलो, देवी नृत्य गराउने डबलीहरु, अनगिन्ती मठ मन्दिरहरु तथा शिलापत्र, कलात्मक झ्यालयुक्त परम्परागत शैलकीका घरहरु छन् ।
यहाँ अगाडिको प्रत्येक तल्लाको लहरै झण्डै एघारवटा सम्मको यौटै सिङ्गै घरसम्म निर्माण भएको देखिन्छन् । जुन अद्यापी धुँल्लाटोलको स्वाल्लामा देख्न सकिन्छ । पाटी पौवा, पोखरी, ढोका, सदावर्त पाटी, जात्रा, मेला, उत्सव, नृत्य, कृषि, घरेलु उद्योग, इन्धन खानेपानी आयुर्वेदीय औषधी निर्माण, प्रयोग, पशुपालन आदिमा उन्नती गरेर शताव्दियौँ सम्म परम्परागत जीवनशैलीमा रहेका आदिवासीहरुको आफ्नै छुट्टै विशेषताहरु छन् । जस्तै ः–
विवाह गर्दा दुलही भित्र्याउने छुट्टै ढोका, छोरी चेलीको विहे गर्दा विदाई गर्ने छुट्टै ढोका तथा देवी देवता जात्रा परम्पराको छुट्टै ढोकाहरु छन् भने आदिवासी समुदायहरुको मृतक लाश बाहिर श्मशान लैजाने छुट्टै ढोकाको विशेषता हालसम्म कायमै छन् । साथै साँखुबासीले सो परम्परा आजपर्यन्त रितपूर्वक कार्यान्वयन गर्दै आइरहेका छन् ।
प्रत्येक वर्ष एक महिनासम्म साँखु सालिनदीमा स्वस्थानी व्रत बस्ने परम्परा हालसम्म धुमधामले चलाउँदै आइरहेको र त्यसबाट साँखुमा आन्तरिक पर्यटक प्रवद्र्धन समेत भैरहेका छन् ।
यस साँखु नगरी झण्डै ३३ सय वर्ष अगाडि निर्माण भएको ऐतिहासिक नगरी हो । जुन रोमभन्दा सातसय वर्ष पुरानो छ । प्रतापमल्लको पालामा दुईजना पादरी ल्हासाको बाटो भई नेपाल प्रवेश गर्दा साँखुमा पुगेपछि रोम शहर पुगेको अनुभव भएको कुरा उनीहरुमध्ये एकजनाले आफ्नो यात्रा विवरणमा लेखेका छन् । जोहन्सग्रवगर र अलवर्ट डोरमिल नामका ती पादरीहरु धेरै वर्ष प्रतापमल्लको दरवारमा पाहुना भएर बसेका थिए ।
साँखुको मूल बजार साल्खा टोलको मूलचोकमा तीन दोबाटो भित्र मात्र बहुसाँस्कृतिक महत्वका परम्परागत शैलीका घरहरु छन् । ती घरहरुको विशेषतामा आँखिझ्याल, सँझ्याल र गःझ्याल सहित घरका गाह्रोहरुमा चित्र विचित्रका रोमन शैलीका अप्सराहरु, मुकुण्डोका मूर्तिहरु बज्रलेपन गरि कुँडिएका छन् । त्यस्तै झोछेँ नामले प्रख्यात लस्करेघरहरुमा तीनझ्याले घर, पाँच झ्याले घर, सातझ्याले घर र नौ झ्याले घरहरु देख्न सकिन्छ । एकै लहरमा ती बिजोर झ्यालका ठूला ठूला परम्परागत झिंगटी छानाका घरहरु मल्लकालीन र राणाकालीन घरहरुको नमूनाहरु हुन् ।
कुनै घरभित्र चोक समेतको व्यवस्था गरिएको छ भने त्यो चोकभित्र नेपालका प्रथम प्रधानमन्त्री भीमसेन थापाको पालामा ल्हासाको झीखाछेँ हाल सिगात्से भन्ने स्थानदेखिको व्यापारिक कर उठाउने अड्डाको रुपमा रहेको कुरा स्थानीय कमलबहादुर श्रेष्ठ बताउन्छन् ।
त्यत्तिबेला साँखुलाई गेट वे अफ तिब्बत अर्थात तिब्बत जाने व्यापारिक मार्गको रुपमा ईतिहासमा ईंगित गरिएको पाइन्छ । काठमाडौँ उपत्यकाका व्यापारीहरु साँखु, लफ्सेफेदी, जहरसिंपौवा हुँदै चौतारा, दोलालघाट, तातोपानी नाकाबाट तिब्बत जाने मार्गमा टिंग्री मैदान पार गर्नुपर्ने कुरा त्यस बेला हिँडेर ल्हासा पुगेर फर्कनु भएका सूज्र्येरत्न बज्राचार्य बताउन्छन् । त्यसबेला उहाँका हजूरबुबा ल्हासाका पूजारी र व्यापारी थिए । हिँडेरै ल्हासा पुग्ने कठीन बाटोमा ठूला खोला पार गर्न डोटी सिक्रीका मद्दतबाट ज्यान जोखिम मोलेर जानुपर्दछ । भीरपाखा ढुंगामा फलामका ठूलठूला किल्ला ठोकेर सिक्री झुण्ड्याई राखेको हातले समाउँदै पार गर्नुपर्ने डरलाग्दा घटनाहरु भएका कुरा उहाँले आफ्नो संस्मरण सुनाउने क्रममा बताए ।
वहाँको हालको घरको झ्याल साँखुमा एकमात्र योमरी झ्यालको रुपमा प्रख्यात छन् । त्यसबेला वहाँका पूर्खाहरुले घरको चोकमा ढुंगैढुंगाको शिवलिङ्गको जलधाराजस्तो देखिने पञ्चबुद्ध, पञ्चतारायुक्त चैत्य प्रतिष्ठापन गरिएको हालसम्म देख्न पाईन्छ । तर कुनै शिलापत्र, दानपत्र, ताम्रपत्र, सुवर्णपत्र आदि नभएको कारण त्यस चैत्य प्रतिष्ठापन तिथिमिति, दाताको नाम भने भेट्टिएको छैन ।
साल्खाटोलमा टोलगणेश, श्वेतभैरव, ब्रम्हायणीको भीमढुंगा, पञ्चबुद्ध चैत्य, तीनवटा पाटी ढुंगा (ग्वरःल्वहँ), जनडबली, अन्नपूर्णा मन्दिर, कुमारी मण्डप, सदावर्त पाटी हाल उग्र पुस्तकालय र ग्रामीण सूचना प्रविधी केन्द्र रहेको स्थानमा छन् । त्यस्तै कृष्ण मन्दिरको नामले कृष्णाष्टमी पूजामा जात्रा गरी साँखु नगर परिक्रमा गरिने सुनको कृष्णमूर्ति दर्शन पूजन गराईने पाटीमा हाल साँखु हुलाक कार्यालय रहेको छ ।
त्यस्तै कलात्मक सँझ्याल, आँखीझ्याल युक्त चाँपको काठ मात्र प्रयोग गरी निर्माण गरिएको घरहरु देख्न पाईन्छन् । साल्खा टोलमा मात्र झण्डै पन्ध्र वटा शिलापत्रहरु हाल पनि देख्न सकिन्छ । जुन महादेव ढोका बाहिर भाजुराम भारो दत्त शिवमन्दिरदेखि ज्योतिर्लिङ्गेश्वर परिसर, माधवनारायणका पाउमुनी, वाफल, टोलगणेश, पीठदेवी, पाटी, ढुंगेधारा परिसरमा राखिएका छन् । ती पुरातात्विक महत्वका मल्लकालीन शिलापत्रहरु भेटिएका हुन् । त्यसमध्ये यौटा शिलापत्रमा ९३४ नेपाल सम्वत्का् जेष्ठ शुक्ल पक्षमा सत्तल निर्माण गरिदिएको व्यहोरा लेखिएका छन् । सत्तल निर्माण गरि दान दिईएको व्इहोरा सहित २२ जना परिवारको प्रतिमा र नाम समेत लेखिएका छन् । शिलापत्र ठाउँठाउँमा सारिएको र खण्डित भएको तथा अक्षर अस्पष्ट समेत भएका छन् ।
हाल उक्त शिलापत्र ग्रामीण सूचना प्रविधी केन्द्रको यौटा कुनामा राखिएको छ जुन त्यसअघि कुमारी मण्डप रामझोपडीमा सुरक्षितसँग राखिएका थिए । त्यसअघि साल्खाचोकको तीनढुंगेधारा परिसरभित्र अलपत्र अवस्थामा भेटिएको थियो । तीन ढुंगेधाराको बीचको धारामा मकरको मूर्तिमा माथि मानवआकृतिको अचम्मको बरुणको टाउको कुँडिएको विशेष महत्वको ढुंगेधारा मानिन्छ । शिलापत्रको लिपी प्रचलित नेपाललिपी संस्कृत र नेवारी भाषामा लेखिएका छन् ।
विष्णुधर ः
श्री ३ मन्नैपालिकाद्वेग्रति निखित्वचरे जेष्ठ शुक्ल पविष्छौ मितिभ्यां हस्तारव्य भोस्मिन्नहनिचखतेलस्य कार्ये वृषं खलै ।। कन्यायां रात्रिना ख्यच त्वंविधिबलं बिप्रवरविधि .... लालांचेति विणातां विजकल सहित प्रत्यतिष्ठत्न भवनिद्दि जेष्ठ कृष्ण घरक्त नगतस्तस्यनुजः सं प्रति संज्ञां विष्णुध सदासतनय ।। स्वस्ति श्री ......................
जुरन्त राय त प्रतिन सालषा .... र्नेल छेँया कृष्णधर भारो भातृ विष्णुधर भारो प्रमुखनं परिवारीसेनं थ्व सत्तल दयेकाओ प्रतिष्ठा याङा जुलो ।। थुगु पुण्यनं थुगु लोकस सुख सम्पत्तिन अंतस मोक्ष प्राप्ति थ्वया साक्षि या बच्चन्दाक्र्कं मेदिनी संवत् ९३४ जुलो शूभं ।।
बाईसजना परिवारको नाम शिरानको विष्णुधर, शिलापत्र मुनिका एक्काईजनाको नाम क्रमशः बायाँबाट दायाँ विष्णु सिं, मय्जु धन, भाजु मखन, महालक्ष्मी, विष्णुशंकर, मय्जु मति, धिजधन, अमृत रश्मी, बागामिं, थुकं, तधिसंखल, रानी क्यकुं, राजमानसिं, मय्जु रानी, विष्णुमानसिं, जू ........, .. धर, रत्नशंकर, मालश्री, ललिता, श्रीधरा ।। शूभम् ।
(प्रतिक्रियाको लागि कजचभकतजबउप२ष्खिभ।अयm)

Post a Comment

0 Comments