बज्रयोगिनी मूर्ति चोरीको अविस्मरणीय घटना

प्रकाशमान सक्व
साँखु बज्रयोगिनी सम्बन्धमा धेरै पुरानो वंशावली देखि झण्डै ५०० (पाँचसय) वर्ष पुरानो सम्मको घटनावली भएको हस्तलिखित ग्रन्थ तथा थ्याःसफूहरुको बारेमा जानकारी प्राप्त भएका छन् । त्यसमा पूजारीहरुको परिपुस्ता, साँखु नगरस्थापना, साँखुमा पूजारी वर्गहरु बज्रयोगिनी क्षेत्रबाट बसाई सरिआएको, मन्दिर जिर्णोद्धार, देवी देवताहरुको पुननिर्माण, प्रत्येक १२÷१२ वर्षमा हुने कलेवर फर्ने कार्य तथा रंगाधिवास कार्यजस्ता नियमित प्रत्येक चैत्र शुक्ल पक्षमा हुने बज्रयोगिनीको जात्रा परम्परा आदिको वर्णन पाईन्छन् ।
तर बज्रयोगिनी र साँखु क्षेत्रमा समय समयमा कान्तिपुरका राजाले तथा भक्तपुरका राजाहरुले लडाइँ लडेर आ–आफ्नो अधिनमा राखेको घटना समेत लेखिएको पाईन्छ । अन्तमा गोर्खाली राजा पृथ्वीनारायण साहले समेत साँखुमा कब्जा गरिएका घटना देखि नेपाल तिब्बत लडाइँ, बाईसी चौबिसी राज्यको लडाइँ देखि नेपाल चीनको लडाइँका घटनावली र उक्त लडाइँको बखतमा नेपालको तर्फ विजयी होस् भनि कामना गरि बज्रयोगिनी देवीको पूजा होम आदि गरिएको समेत वर्णनहरु पाईन्छन् ।
तत्कालीन समयका राजा, रानी, राजकुमार, प्रधानमन्त्री, जिम्मावाल, द्वारे, चौतरिया, राजपुरोहितहरुको नाम, घटनाको तिथिमिति सहितको वर्णनहरु पाईन्छन् । त्यस्तै साँखु चलाखु टोलमा चैत्र मसान्तमा लिंगो ठड्याउने र बैशाख २ गते लिंगो ढाल्ने परम्परामा तत्कालीन राजाको सवारी हुनुपर्ने वर्णन समेत गरिएको पाईएको छ ।
पूजारीहरुले गर्नुपर्ने पूजाको नियम, रात्रिपूजा, मसानपूजा, होमपूजा, वलिपूजा, कुमारीपूजा आदिको वर्णन तथा बज्रयोगिनी परिसरमा चोरी भएको मन्दिरको भित्ता फोरेका आदि घटनावली समेत लेखिएको पाइएको छ । मुलुकभर नै हलचल हुनेगरि भएको बज्रयोगिनी मनिदरमा चोरी भएको घटना सम्बन्धी गोर्खापत्रमा छापिएको समाचार विवरण यसप्रकार छ–
शीर्षक ः बज्रयोगिनीको मूर्ति चोर्ने आततायी षडयन्त्र
चोरको गोलीले दुईजना घाईते ः केही अभियुक्तहरु पक्राउमा
काठमाडौँ पौष १८ गते÷साँखुको बज्रयोगिनीको मूर्ति चोरी भाग्न लागेकाहरुले चलाएको गोलीबाट स्थानीय दुई व्यक्तिहरु घाईते भएको कुरा आज थाहाभएको छ ।
स्थानीय जनताले दुईजनालाई मूर्ति चोरेको अभियोगमा पक्राउ गरी प्रहरीलाई हिजै राति बुझाएको कुरा पनि थाहा भएको छ ।
एकजना घाइतेका अनुसार गएराति १२ बजे बज्रयोगिनीको मूर्ति चोरी भाग्न लागेका केही व्यक्तिलाई स्थानीय जनताले समात्न जाँदा कोलागल टोल निर चोरहरुले गोली प्रहार गरेका थिए ।
उक्त घाईतेका अनुसार गएराति साँखु बज्रयोगिनीमा घण्ट बजेकाले केही घटना हुन लागेको शंकाले स्थानीय जनता दौडेर जाँदा उक्त अभियुक्तहरु फेला पारेको हो ।
बज्रयोगिनीको मन्दिरमा कुनै नराम्रो घटना भएमा त्यहाँको घण्ट बजाईदिने चलन छ ।
उक्त घाईतेका अनुसार अभियुक्तहरुले साँखु बजारबाट मानिसहरु दौडेर आएको देखि मूर्ति सहित मोटरमा बसी फायर भाग्न लाग्दा त्यहाँको एक घरमा मोटर ठक्कर लाग्नाले केही अभियुक्तहरुलाई पक्राउ गर्न सकिएको हो ।
गोलीद्वारा घाइते भएका अष्टमान श्रेष्ठ र सूर्यमान श्रेष्ठ तथा पक्राउ परेको अभियुक्त मध्ये नाम्चे बजार बस्ने नुर ग्याङ दिङ एकजनाको पनि घाउचोट लागेकाले वीर अस्पतालमा उपचार हुँदैछ । रासस
गोरखापत्र वर्ष ६९ अंक ...... पौष १९ गते शनिबार २०२६ साल तद्नुसार ३ जनवरी १९७० शूभम् ।।
(प्रतिक्रियाको लागि कजचभकतजबउप२ष्खिभ।अयm)

Post a Comment

0 Comments