बज्रयोगिनी जात्राको विषयमा देवमाला वंशावलीमf

बज्रयोगिनी जात्राको विषयमा देवमाला वंशावलीमा उल्लेख गरिएका प्रशङ्ग तल लेखिए अनुसार रहेका छन् ।
– राजा शंकरदेवले शंखको आकारमा शंखरपुर बस्ती बसाले । विस्तारै जनजिब्रोको उच्चारणबाट बज्रयोगिनी देवीको नाम रहन गएको हुनसक्ने किंवदन्ती छ ।
– महामाया उग्रताराको पनि आगमन भएको त्यस मणिचुड पर्वतमा तिनै देवगण अर्थात् ब्रम्हा, विष्णु र महेश्वरले जप गरेको पवित्र स्थलको रुपमा परिचित ।
– सत्ययुगमा कलिङ देशका देवीदासले घोर तपस्या गरी मुक्ति पाएको स्थान ।
– कलियुगमा सूर्य धर्मागत राजाले तपस्या गरे । यिनको पालामा विक्रमसेन राजालाई बोलावट भयो । यसमा देवी पनि खुब प्रसन्न भइन् भने धर्मागतको सेवा गर्दागर्दै विक्रमसेनलाई राजा हुने मौका मिल्यो ।
– विक्रमसेनले लगातार तेलको पाक बनाएर चढाएपछि देवी प्रसन्न भई ‘म प्रसन्न भएँ, अब कराई घोप्ट्याऊ’ भनेपछि विक्रमसेन विशालनगरमा राजा भए ।
– नेपाल सम्वत् ६७० अर्थात् आजभन्दा झण्डै चार सय ५२ वर्ष अगाडि राजा सूर्य मल्लले देवीलाई रिझाएर साँखु बस्न थालेपछि बज्रयोगेश्वर महादेवको स्थापना गरे ।
– सूर्य मल्लले नै रथारोहण गर्ने, जात्रा चलाउने र कृष्ण सप्तमीमा नगर यात्रा गर्न धेरै गुठीहरुको बन्दोबस्त गरे ।
– वि.सं. १९७१ फागुनमा मन्दिरमा अखण्ड धुनी लागेर सम्पूर्ण नष्ट र उत्पात भयो ।
– वि.सं. १९७२ सालमा प्रधानमन्त्री चन्द्र शम्सेरले यज्ञ गरी देवी जगाए, साथै अर्को मूर्ति पनि स्थापना गरे ।
– वि.सं. १९९० को महाभूकम्पमा पनि कुनै क्षति नभई आजसम्म यथावत् रहेको छ– बज्रयोगिनी मन्दिर ।

Post a Comment

0 Comments