बज्रयोगिनी जात्राको केही नियमावली अभिलेख

हाल कलिगत सम्वत् ५११५ साल हो । नेपालको राष्ट्रिय पात्रो २०७१ सालका पञ्चाङ्गहरुमा कलेर्गताव्दा ५११५ भनि छापिसकेका छन् । यसको अर्थ कलियुग सुरु भएको त्यत्तिनै वर्ष भैसकेको जानकारी हो । शास्त्रमा कलियुगको आयु ४३२००० (चार लाख बत्तीस हजार) वर्ष तोकिएको छ । कलियुगको आयुर्दाको दोब्बर द्वापर युग, तेब्बर त्रेतायुग र चौब्बर सत्ययुगको आयुर्दा हुन्छन् भनि तोकिएको पाइन्छ । अर्थात् द्वापरयुग ८६४०००, त्रेतायुग १२९६००० र सत्ययुगको १९५५८५११५ वर्ष भो गरिसकेको आयु हुन् । त्यस्तो धेरै युग र कल्प भोलिसकेको पृथ्वीको सृष्टी भएको १९५५८५११५ वर्षको अर्थात् एक अरब पञ्चानब्बे करोड अन्ठाउन्न लाख पचासी हजार एकसय पन्ध वर्ष भैसकेको पञ्चाङ्गले प्रमाणित गरिसकेको पाइन्छ । के त्यस्तो हिसाबलाई कल्पना मात्र गरेको भन्न मिल्दछ ? कदापि मिल्दैन । किनभने कलिगत सम्वत् १८१८ सालदेखि काठमाडौँको उत्तरपूर्वी कुनामा रहेको ऐतिहासिक नगर साँखु शंखरापुरमा चल्दै आईरहेको ऐतिहासिक महत्वका बज्रयोगिनी देवीको जात्रा परम्परा अनुसार सञ्चालन गर्नको लागि इल्लाटोलमा जात्रा व्यवस्थापनको लागि कार्यक्रमहरु पनि आनन्दबहादुर श्रेष्ठको संयोजकत्वमा अगाडि बढाईसकेका छन् ।
नेपालको शिरोमणि श्रीश्रीश्री उग्रतारा बज्रयोगिनी देवीको जात्रा भएको करिब ३ हजार दुईसय सन्तानब्बे वर्ष पुगिसक्यो । जात्रा गर्नुपर्ने देवीदेवताहरुको जिर्णोद्धार, पुननिर्माण पनि पटक पटक भैसकेको अभिलेख पनि पाइन्छ भने जात्राको प्रबन्ध लेखिराखियो भन्ने लिखितम जयधम्र्मदेव बज्राचार्य मूल पूजारीको पालादेखिको लिखित वंशावलीमा पाईन्छ । साल, महिना, गते र वार, तिथि, करण, योग, नक्षत्र समेत लेखेर राखिएको अभिलेख साँखुको वंशावलीमा अति महत्वपूर्ण ऐतिहासिक वंशावली हो । नेपालको प्रमाणित गोपालराज वंशावली पछिको प्रमाणित वंशावली साँखु बज्रयोगिनीको वंशावली ईतिहासमा प्रख्यात छ । किनभने जात्रा गर्नुपर्ने देवीको सुवर्ण मूर्ति तयार गरिएको कुरा वंशावलीमा यसप्रकार लेखिएको पाईन्छ ।
।। याते कलियुगे वर्षे वारणैकवशुमहि ।।
।। पौषे कृष्णे दशभ्याचं तद्दिने शूभ संयुक्ते ।।
श्री तारीण्या हेमस्य मूर्ति भविष्यति ।।
अर्थ ः कलियुग वर्ष १८१८ पौष कृष्ण दशमीको शूभ दिनमा श्री तारणी देवीको सुवर्णमूर्ति तयार गरिनेछ । त्यस्तै देवीको आज्ञा अनुसार भनिएको वंशावलीमा बज्रयोगिनी देवीको जात्रा प्रबन्धको लागि कलिगत सम्वत् १८०१ मा साँखु शंखको आकारमा निर्माण गरिएको, शंखदेव राजालाई राज्याभिषेक दिएको वर्षदेखि बज्रयोयोगिनी देवीको जात्रा सुरु भएको लेखिएको पाईन्छ । साँखुमा प्रत्येक वर्ष गरिने चैत्र शुक्ल पूर्णिमादेखि वैशाख कृष्ण सप्तमी सम्मन् आठ दिनको जात्रा प्रबन्ध, त्यस अगाडि चैत्र दशैँको दिन देवीको निमन्त्रणा पूजादेखि पूजा अर्चना, राजखड्ग पूजा, मूलजात्रा पूजा, गहना रेखदेख पूजा, क्षमा पूजा, विचाः पूजा, खट बनाउने, डोरी बाँध्ने आदि सहित कुन टोलमा कहाँ कसरी देवी देवताहरुको मूर्ति फर्काएर राख्ने प्रबन्ध समेत लेखि राखिएको यसप्रकार छन् ।
िनिमन्त्रणा पूजा – चैत्र शुक्लको अष्टमी
िराज खड्ग पूजा – चैत्र शुक्ल एकादशी÷द्वादशी
िखट जात्रा – चैत्र शुक्ल पूर्णिमाको दिन साँखुमा ल्याउने
िमूल जात्रा – बैशाख कृष्ण तृतिया
िखट जात्रा – वैशाख कृष्ण सप्तमी साँखुबाट बज्रयोगिनी स्थलमा लैजाने
िमहाराजाको विचाः पूजा – वैशाख कृष्ण एकादशी
िमहारानीको विचाः पूजा – बैशाख कृष्ण द्वादशी
िदेवी देवता राख्ने पालीघरमा देवी देवता राख्नुपर्ने नियम
िमाईको पालीभित्र मूल बज्रयोगिनी दक्षिणाभीमुखी फर्काएर चारदिनसम्म राख्नुपर्ने छ ।
िबज्रयोगिनी देवीको दाहिने चैत्य भगवान
िचैत्य भगवानको दाहिने पूर्वाभिमुखी सिंहिणी देवी
िबज्रयोगिनी देवीको बायाँ व्याघ्रिणी देवी पश्चिममुखी
िदेवी देवता दर्शन गर्दा व्याघ्रिणी देवी देखि दाँया पार्दै दर्शन गर्नुपर्ने
िमूल जात्रापछि माईको पालीघर बाहिर देवी देवताहरु चारदिनसम्म विराजमान गराउनपर्दछ ।
िबज्रयोगिनी पूर्व फर्काएर राख्नुपर्दछ ।
िबसुन्धरा देवीको दायाँ चैत्य भगवान राखिन्छ ।
िचैत्य भगवानको दायाँ सिंघिणी देवी दक्षिण फर्काएर राख्नुपर्दछ ।
िबज्रयोगिनी देवीको बायाँ व्याघ्रिणी देवी पूर्व फर्काएर राख्नुपर्दछ ।
दर्शन गर्दा व्याघ्रिणी देवीदेखि दायाँबाट भक्तजनहरुले दर्शन गर्नुपर्दछ । किनभने साँखुमा देवी देवता जात्रा बज्रयोगिनीबाट ल्याउँदा सर्वप्रथम व्याघ्रिणी देवीको खट यात्रा पहिला जात्रा गर्नुपर्दछ । त्यसपछि सिंहिणी, बज्रयोगिनी र चैत्य भगवान क्रमशः खट जात्रा गरिन्छन् भने जात्राको अन्तिम दिन सिंहिणी देवीको खटयात्रा पहिला गर्नुपर्ने नियम रहेको छ । शूभ मंगलम् सर्वभूयात् ।।
(प्रतिक्रियाको लागि कजचभकतजबउप२ष्खिभ।अयm)

Post a Comment

0 Comments