स्वास्थ जीवनका लागि मुटुको धड्कन सामान्य अवस्थामा राख्नु जरुरी छ । प्रतिमिनेट जति पटक मुटुु धड्किन्छ त्यसलाई मुटुको धड्कन दर भनिन्छ । एक वयस्क मान्छेको मुटु सामान्य अवस्थामा ६० देखि १०० पटकसम्म धड्किन्छ । तापनि खेलाडी, विशेष गरी एथलेटिक्सका धावकको मुटुको धड्कन दर स्वाभाविक कम हुन्छ । उनीहरुको मुटु प्रतिमिनेट ४० पटक मात्र पनि धड्किने देखिएको छ । सामान्यतया उनीहरुमा ४५ देखि ५० सम्म हुन्छ । तर यो अवस्था उनीहरुको मुटु कमजोर भएर उत्पन्न भएका होइन, कडा शारीरिक अभ्यासका कारण उनीहरुको मुटुको धड्कन घट्ने हो । खेलाडीहरुमा यसलाई अस्वाभाविक मानिँदैन ।
मुटुको धड्कन दरलाई महत्वपूर्ण मानिन्छ किनभने मुटुको खुम्चने र फैलिने लयका साथै रक्त प्रवाहको शक्ति मापन गर्दछ । कुनै कुनै वयस्कमा निरन्तर प्रतिमिनेट सय वा सोभन्दा बढीको दरमा मुटु धड्किने अवस्था (टेकिकार्डिया) बाहेक मुटुको अस्वाभाविक बढेको धड्कनले हृदय रोगको संकेत गर्दछ । यस अतिरिक्त बढेको धड्कनले मस्तिष्कघात तथा मृगौला रोग निम्त्याउने सम्भावना रहन्छ । मुटुको धड्कन बढेमा अधिक पसिना आउने, वाकवाकी लाग्ने वा वान्ता हुने लक्षण देखिन सक्छ ।
मुटुको धड्कन कम गर्न हामीलाई केरा र किसमिसले सहयोग गर्छ । योग र अभ्यास गरेमा पनि मुटुको धड्कन दर सही रहन्छ । मुुटुको धड्कन आफै जाँच्न सकिन्छ । यसका लागि नाडीमा वा घाँटीमा धमनीमाथि दुई औंला राखेर दश सेकेण्ड धड्कन गन्ने । दश सेकेण्डको धड्कन संख्यालार्य ६ ले गुणन गरी हामी प्रतिसेकेण्डको आफ्नो धड्कन जाँच्न सक्छौं । तर नाडी च्याप्न बूढी औंला प्रयोग गर्नु हुँदैन किनभने बूढी औंलाको रक्तनलीले तपाईलाई भ्रमित गर्न सक्छ ।
मुटुको धड्कन कम गर्ने एक राम्रो उपाय शारीरिक अभ्यास हो । मुटु मांसपेशीले बनेको हुनाले अभ्यासबाट यो बलियो हुन्छ र आफ्नो कार्यमा बढी प्रभावकारी हुन्छ ।
योग, ध्यान र अनय हल्का शारीरिक अभ्यासले मुटुको धड्कन दर कम गर्ने निष्कर्ष कोलम्बिया विश्वविद्यालयको कार्डिक सर्जरी विभागको छ । कफी लगायत अन्य केफिन भएका वस्तु, जस्तो कि चिया वा चकलेटले मुटुको धड्कन दर बढाउँछन् ।
केरा पोटासियमको एक राम्रो स्रोत हो र मुटुको धड्कन दर कम गर्न पोटासियमको आवश्कयता पर्छ । मुटुको धड्कन दर घटाउन मेरिल्याण्ड विश्वविद्यालयको चिकित्सा केन्द्रले केरा खान सिफारिश गरेको छ । पोटासियम कम भएमा मांसपेशी बाउँडिने र थकान लाग्ने हुन्छ । जसले गर्दा मुटुको धड्कन अनियमित हुन जान्छ । केराको प्रति ९६ क्यालोरीबाट हामी ४०० एमजी पोटासियम पाउन सक्छौं । हामीलाई दैनिक आवश्यक पर्ने कुल पोटासियमको यसले ११ प्रतिशत पूर्ति गर्दछ । केरामा एक एमजीभन्दा कम सोडियम हुने भएकाले शरीरमा सोडियम घटाउन यो एक उत्कृष्ट आहारा हुन्छ । खरबुजामा पनि प्रशस्त मात्रामा पोटासियम पाइन्छ ।

0 Comments
Thanks for your concerns