शंखरापुर युथ कप राष्ट्रिय रेपिड चेस प्रतियोगिता सम्पन्न, गणेशमान दुवाल प्रथम भए





९ असोज २०७९, आइतवार

लावण्य/साँखु । शंखरापुर युथ क्लबको आयोजनामा भएको राष्ट्रिय रेपिड चेस प्रतियोगिता २०७९ को ७ राउण्डको खेल सम्पन्न भएको छ । जसमा भक्तपुरका खेलाडी गणेशमान दुवाल प्रथम भएका छन् ।

सो प्रतियोगिता स्वीस लिग प्रणालीबाट खेलाईएको थियो । जसमा गणेशमान दुवाल प्रथम भएका छन् भने द्वित्तियमा आशिष फुयाल, तेस्रोमा बद्रिलाल नेपाली, चौथोमा बिलमलाल श्रेष्ठ, पाँचौमा कमल श्रेष्ठ, छैठौँमा खोमप्रसाद तिमल्सिना, सातौँमा सुरोज महर्जन, आठौँमा निकेन कुसाथा, नवौँमा नविन तण्डुकार र दशौँमा प्रकाश सुवेदी विजयी भएका छन्।

त्यसैगरी १८०० भन्दा कम रेटेड तर्फको खेलमा हरि सुब्बा विजयी भएका छन् भने १६०० भन्दा कम रेटेड तर्फको खेलमा सुमन मोक्तान, शंखरापुर च्याम्पियनमा उत्सर्ग पोखरेल, अनरेटेड च्याम्पियनमा बाबुराजा श्रेष्ठ, महिलातर्फको च्याम्पियनमा सिन्दिरा जोशी, बेस्ट यु १६ मा गौरब सिं बोहोरा र बेस्ट भेटरान ५५ वर्ष माथिकोमा राजेन्द्र प्रसाद श्रेष्ठ विजयी हुनुभएको छ ।

केही बेरमै विजयी खेलाडीहरुलाई पुरस्कृत गरिने भएको छ । पुरस्कार वितरण कार्यक्रमको लागि शंखरापुर नगरपालिकाका मेयर रमेश नापितको प्रमुख आतिथ्यतामा कार्यक्रम सुरु हुन लागेको छ ।

Post a Comment

0 Comments