रोचक जानकारी



यस्तो रुख, जहाँ ४० खालका फल फल्दछन्
आम रुपमा एउटा रुखमा एउटा खालको मात्र फल लाग्दछ । तर यस्तो हुनैपर्दछ भन्ने कहाँ छ र ? दुनियाँमा एउटा यस्तो ठाउँ छ जहाँ एउटै रुखमा ४० प्रकारका फल फल्दछन् । यो पत्याउन गाह्रो हुन्छ, तर यथार्थ हो ।
अमेरिकामा एक भिजुअल आर्टस्का प्राध्यापकले त्यस्तो अद्भूत रुख तयार गरेका छन् । त्यसमा ४० प्रकारका फल फल्दछन् । उक्त रुखको नाम ट्री अफ ४० फ्रुट्स हो ।
यस रुखमा एप्रिकोट, चेरी, आरु, आलुबखडालगायतका फल फल्दछन् । यो रुखको मूल्य त झन होसै उडाउने जति छ । किनकि यो एएटा रुखको मूल्य ३० हजार डलर पर्दछ ।
अमेरिकाको सेराक्यूज विश्वविद्यालयका भिजुअल आर्टस्का प्राध्यापक स्याम वान ऐकेन यस अनौठो रुखका सर्जक हुन् ।
यो रुखको सिर्जना गर्नका लागि उनले विज्ञानको सहारा लिएका छन् । सन् २००८ मा उनले यस कामको सुरु गरेका थिए ।
प्राध्यापक वान किसान परिवारमै जन्मिएका व्यक्ति हुन् । उनले न्युयोर्कको एउटा बन्द हुनै आँटेको कृषि बगैँचालाई भाडामा लिएर त्यहीँ नै ग्राफ्टिङ्ग विधिको माध्यमबाट ट्री अफ फोर्टी जस्तो अद्भुत रुख सिर्जना गराउन सफलता पाएका हुन् । एजेन्सी
यस्तो गाउँ, जो वर्षमा एक महिना मात्रै पानी बाहिर हुन्छ
भारतमा एउटा यस्तो गाउँ छ जो वर्षको ११ महिना पानी भित्र रहन्छ र केवल एक महिनाका लागि मात्र पानी बाहिर हुन्छ ।
गाउँ पानी बाहिर निस्किएको त्यो एक महिनामा त्यहाँका मूल बासिन्दाहरु गाउँ फर्किन्छन् र उत्सव मनाउँदछन् ।
भारतको गोवास्थित कुर्दी गाउँको कथा हो यो । सालौलिम नदीको किनारमा यो गाउँ रहेको छ ।
कुनै समय यो गाउँ जीवन्त थियो । उक्त गाउँको जनसंख्या झण्डै ३ हजार थियो । त्यहाँको जमिन निकै उर्वर थियो र गाउँलेहरु धानखेती गर्दथे । धानमात्र होइन, नरिवल, काजू, आँप तथा कटहरजस्ता फलफूलका रुख पनि प्रसस्तै थिए ।
तर सन् १९८६ मा गाउँलेहरु उक्त गाउँबाट विस्थापित हुनुप¥यो । किनकि गोवा राज्यको पहिलो बाँध त्यहाँ बनाउन थालिएको थियो । जसका कारण उक्त गाउँ डुबानमा पर्नेवाला थियो ।
अन्ततः नदीमा बाँध बाँधेसँगै सो गाउँ डुबानमा पर्यो । अहिले वर्षमा अधिकांश समय यो गाउँ बाँधले बनाएको तालभित्रै डुब्दछ । तर हरेक वर्ष मे महिनामा नदीमा पानीको सतह घटेसँगै पानीमुनि रहेको खण्डहरु गाउँ देखा पर्दछ ।
पानीको सतह कम भएसँगै गाउँको खण्डहरका साथै हिलो भरिएका घरेलु सामानहरु यत्रतत्र देखिन्छन् । कुनै समय गाउँमा रहेका मन्दिर, मस्जिद तथा चर्चका भग्नावशेष पनि देखा पर्दछन् । बीबीसीको सहयोगमा
लोग्नेले टिकटक छाड्न भनेपछि पत्नीले संसारै छाडिन्, ह्वाट्सएपमा अन्तिम म्यासेज
टिकटक अहिले सबैभन्दा लोकप्रिय एप बनिरहेको छ । कतिपय मानिसहरु टिकटकको पागलपनमा ज्यान दिनसमेत पछि पर्दैनन् ।
भारतमा हालैका दिनमा टिकटकसँग जोडिएका केही अनौठा घटना भएका छन् । शिरडीमा बिहीबार टिकटक भिडियो बनाइरहेको समयमा गोली चल्दा एक व्यक्तिको ज्यान गएको छ । त्यस्तै तमिलनाडुमा एक महिलाले पतिको गालीबाट रिसाएर टिकटकमै आफ्नो अन्तिम भिडियो पोस्ट गरेर आत्महत्या गरेकी छन् ।
तमिलनाडुको अरियालुरको घटना हो यो । २४ वर्षीया एक महिलालाई उनका पतिले टिकटकमा भिडियो हालिरहेको भनेर गाली गर्ने गर्दथे । लोग्नेको किचकिचबाट दिक्क ती महिलाले अन्ततः विष पिएर आफ्नो अन्तिम भिडियो रेकर्ड गरिन् र लोग्नेलाई ह्वाट्सएपबाट उक्त भिडियो पठाइन् ।
परिवारजनका अनुसार ती महिलालाई टिकटकमा भिडियो बनाउने यस्तो लत बसेको थियो कि आफ्ना सन्तानको समेत ध्यान राख्न छाडेकी थिइन् । पत्नीको त्यो बानीबाट दिक्क भएर उनका लोग्नेले गाली गर्न थालेका थिए । गाली सहन नसकेर उनले विष पिएर आत्महत्या गरेकी हुन् ।
मर्नुअघि उनले आत्महत्या गर्न लागेको जानकारी लोग्नेलाई पठाएकी थिइन् । केही बेरपछि नै ती महिलाको मृत्यु भयो । भिडियोमा उनले लोग्नेलाई सन्तानको ख्याल गर्न भनेकी छन् । एजेन्सीको सहयोगमा
मर्दको अनुहारवाला पर्स भयो भाइरल
अहिलेको आधुनिकताको दौडमा नयाँ नयाँ चिजको विकास भैरहेको छ । हरेक दिन बजारमा केही नयाँ चिज आउँदछ । कतिपय चिजहरु निकै सुन्दर लाग्छन् त कतिपय यस्ता अनौठा हुन्छन् कि देख्दैमा हाँसो उठ्दछ ।
के तपाईले पुरुषको दाह्रीयुक्त अनुहार जस्तै आकारको पर्स देख्नुभएको छ ? अहिले सोसल मिडियामा यस्तै पर्स भाइरल बनिरहेका छ ।
ट्वीटरमा एकजना प्रयोगकर्ताले यो अनौठो पर्सको भिडियो शेयर गरेपछि त्यो भाइरल बनेको छ ।
५४ सेकेण्डको उक्त भिडियो अहिलेसम्म झण्डै डेढ करोडले हेरिसकेका छन् । उक्त भिडियोमा देखिएको पर्स कुनै पुरुषको दाह्रीयुक्त अनुहारसँग मिल्दछ ।
दाँत, गुलाबी गिँजाहरु तथा जिब्रो प्रष्टै देखिन्छ त्यो पर्समा देखिन्छ । भिडियो भाइरल भएसँगै यो पर्सका बारेमा अनेक प्रकारका टिप्पणी पनि आइरहेका छन् ।
धेरैजनाले यस्तो पर्स देख्दा आफुलाई निकै असहज महसुस हुनुका साथै बेचैन भएको समेत उल्लेख गरेका छन् । एजेन्सीको सहयोगमा

Post a Comment

0 Comments