महाकवि गिरिजा प्रतिष्ठानद्वारा महाकविको जन्मजयन्ती मनाउने !


लावण्य÷साँखु । यही आउँदो चैत्र १९ गते मंगलवार महाकवी गिरिजा प्रतिष्ठानले महाकवी गिरिजाप्रसादको जन्मजयन्ती भव्यरुपमा मनाउने भएको छ ।
जन्मजयन्तीको लागि प्रतिष्ठानले यसै हप्ता प्रतिष्ठानको कार्यसमितिको बैठक बसी सो सम्बन्धी निर्णय गरेको हो ।
कार्यक्रम साँखुको भक्ति बाम्बो एण्ड पार्टी प्यालेसको हलमा गरिने जानकारी प्रतिष्ठानले दिएको छ ।
साहित्यकार मथुरा सायमी, सुरेश किरण, भुषण प्रसाद श्रेष्ठ, लगायतका नेपाल भाषा साहित्य क्षेत्रका दिग्गज व्यक्तित्वको जमघट साँखुमा हुन लागेको छ ।
सो कार्यक्रममा उपस्थितिको लागि र साथै आ–आफ्नो कविता, गीत एवं रचनाहरु पाठ गर्नको लागि एक दिन अगाडि मंगलवारसम्म ल्याईदिन समेत प्रतिष्ठानले सर्वसाधारणमा आग्रह गरेको छ ।
कार्यक्रमको तयारीको लागि पूर्णरुपमा जुटेका प्रतिष्ठानका सदस्यहरु प्रचार प्रसारलाई समेत तिब्र बनाउन थालेका छन् ।
प्रतिष्ठानले यस वर्ष महाकवि गिरिजाप्रसादको साहित्यिक रचनाहरुको प्रकाशन गर्नको लागि नेपाली र अंगे्रजीमा भाषानुवाद समेत भईसकेको जानकारी प्रतिष्ठानका अध्यक्ष यचु जोशीले दिनुभएको छ ।

Post a Comment

0 Comments