शिक्षासेवी चेतराम सर रहेनन्



लावण्य/साँखु । शंखरापुर नगरपालिका वडा नं. ६ स्थित भगवती माध्यमिक विद्यालयमा विगत २० वर्ष देखि शिक्षकको रुपमा अनवरत सेवा गर्नुभएका शिक्षासेवी चेतराम पौडेल यही जेष्ठ १९ गते राति दिवंगत हुनुभएको छ ।

उहाँले भगवती माध्यमिक विद्यालयमा पढाउनुको साथसाथै लावण्य सन्देश साप्ताहिकको लागि लेख रचनाहरु लेख्नुहुन्थ्यो भने तरेली साहित्यिक समाजको कार्यक्रमहरुमा समेत कविता वाचन गर्नुहुन्थ्यो ।

उहाँको आकस्मिक निधनमा हामी स्तब्ध भएका छौँ । हामी उहाँप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछौँ ।

Post a Comment

0 Comments