बालकथा धनको घमण्ड ल् मञ्जिला थापा

देवताहरुको सबैभन्दा धनी कुवेर थिए भने झैँ श्री पञ्चकन्या माविमा पढ्ने मदन नाम गरेको एकजना विद्यार्थी थियो । उ सधैँ धनको धाक लगाएर बोल्थे । उसको बाबुको नाम चन्द्रबहादुर कार्की थियो । उसको बाबुको गाउँमा एउटा पसल थियो । उ निकै राम्रो व्यक्ति थियो । उनले त्यस गाउँका सबैलाई सामल उधारोमा दिन्थे । नसक्नेलाई सहयोग समेत गर्दथे । साथै उ गाउँमै धनी मानिस थिए । मदन गरिबको छोराहरुलाई धनको धाक मात्र लगाउँथे । तर गरिबका छोराहरु सुन्ने वित्तिकै कुराहरु बिर्सिन्थे । एक दिन मदनले शिक्षकले दिनुभएको गृहकार्य बिर्सेछ । शिक्षकले मदनलाई कक्षाका सबै साथीहरुको अगाडि राखेर मदनलाई कुटे । मदनले शिक्षकलाई मुख चलाएर तँ जस्तो सरलाई त म मेरो बाउको पसलमा काम गर्न राख्न सक्ने छु भने । शिक्षकले मदनलाई झन् कुटे । मदनलाई कुट्दा सबै साथीहरु हाँसे । मदन दिनदिनै धनको घमण्ड गर्दै जाँदै थियो । मदनलाई शिक्षकले कुटेपछि झन् कक्षामा धेरै हो–हल्ला गर्ने, साथीहरुलाई कुट्ने गथ्र्यो । एक दिन त बाटोमा केटीलाई जिस्क्याउँदा केटीले चप्पलले हिर्काईदिए । उनिले गरेको काम राम्रो छ भनेर कक्षाका साथीहरुले भने । उसले म जत्तिको धनी बाउको छोरा रा धनी कोही छैन भन्थ्यो । अर्को दिन नेपाली शिक्षकले मदनलाई भन्नुभयो– के हो मदन तिमी त पहिले भन्दा पनि घमण्ड र रिसालु भएका छौ रे सामाजिक शिक्षकलाई नराम्रो कुरा भन्यौ रे हो ? मदनले शिक्षकलाई सर तपाइँ पढाउनुहोस् न ! कुरा छल्दै भने । त्यसपछि सामाजिक सरले मदनलाई केही कुराहरु सोध्नुभयो तर मदनलाई सामाजिक सरसँग आँखामा आँखा जुधाएर भन्न सकेन । मदनले सरसँग सर मलाई माफ गर्नुहोस् मैले तपाइँलाई जे जत्ति भने त्यो मेरो घमण्डको कारणले भएको हो । यदि मैले तपाइँको मन दुःखाएको छु भने मलाई आफ्नो चेलो सम्झेर माफ गरिदिनुहोस् । तपाइँले मलाई कत्ति सम्झाउने कोशिस गर्नुभयो । तर म भने धन र बलको घमण्डले गर्दा कति मानिसहरुको मन दुःखाएँ । मेरो कति साथीहरुलाई कुटेँ । म सबैसँग माफी माग्छु । मलाई माफ गर्नुहोस् । मदनको आँखाबाट आँशु झ¥यो । यो देखेर सामाजिक शिक्षकले मदनलाई माफ गरिदिए । त्यसपछि मदनले पढ्न थाले मदन कहिले पन कक्षामा साथीहरुसँग झगडा नगर्ने अनि साथीहरुसँग मिलेर बस्न थाले । मदनले आफ्नो पढाईमा ध्यान दिन थाले । घरमा पनि साधारण कुराहरुमा झगडा नगर्ने भयो । मदनले राम्रोसँग पढ्नाले ऊ परिक्षामा प्रथम पनि भयो । यो कुरा सुन्दा विद्यालयका सबै शिक्षक साथी अचम्म मानेर मदनलाई धन्यवाद दिए । मदनले धनको घमण्ड गर्नु हुन्न भनेर गाउँका सबैलाई सचेत गरायो । अहिले मदन आफू प्रति ज्यादै खुशी छ । त्यसैले हामीले धनको धेरै घमण्ड गर्नु हुन्न ।

Post a Comment

0 Comments