हाम्रो शंखरापुर पुस्तक र “शंखरापुर सन्देश” मा विवादै विवाद











लावण्य/साँखु । शंखरापृुर नगरपालिकाद्वारा प्रकाशित गरिएको स्थानीय पाठ्यपुस्तक “हाम्रो शंखरापृुर” पुस्तकमा विभिन्न प्रकारका गल्तीहरु भएका कारण विवाद उत्पन्न भएको छ ।

यस अघि चौमासिक बुलेटिन “शंखरापुर सन्देश” मा समेत नगरपालिकाकै आधिकारिक नाम “शंखरापुर” शङ्खरापुर” लेखिएको थियो भने अहिले “हाम्रो शंखरापुर” मा पनि आवरण पृष्ठमै “शङ्खरापुर” लेखिएपछि अझै विवाद बढेको छ ।

अझ साँखुकै ऐतिहासिक माधवनारायण व्रतको विषयमा पृष्ठ ७१ को पाठ ११ को शालिनदी शीर्षकको आलेखमा पृष्ठ ७२, ७३ मा साँखु र शंखरापुरबासीकै आस्थामा चोट पर्ने गरी साँखुको शालिनदीमा “स्वस्थानी” व्रत बस्ने र सो व्रतमा माधवनारायणको पनि पूजा र जात्रा हुने समेत उल्लेख गरिएको छ ।

जबकी साँखुमा पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म माधवनारायणको व्रत पूजा हुन्छन् । यहाँ स्वस्थानी माताको मन्दिर समेत २०६० सालको कोटीहोमपछि बनाउने पहल भई स्वस्थानी मन्दिरको शिलान्यास गरिएको थियो ।

यो मन्दिर स्वर्गिय लक्ष्मण बाबाको विशेष पहल र सिद्धार्थ जनक जानकी धर्म कर्म सेवा संघले निर्माण गरेको हो ।

माधवनारायणको व्रत पूजामा सबै व्रतालुहरुले “माधवनारायण” “माधवनारायण” भन्दै भजन गाउँदै हिँड्छन् र साँखु बाहिर व्रतालुहरु जाँदा समेत माधवनारायणकै मूर्ति बज्रयोगिनी, पशुपति, फर्पिङ्ग, पनौती र चाँगुनारायण स्थानमा समेत बोकेर लगिने परम्परा रही आएको । सो व्रतको साँगेका दिन समेत ३३ कोटी देवतालाई निमन्त्रणा गरी अश्वमेघ यज्ञ गर्ने चलन रहेको छ ।

यसरी आफ्नो धार्मिक आस्थामाथि समेत प्रहार भएपछि साँखु, शंखरापुरबासी आम जनसमुदायले सो पाठ्य पुस्तक बहिस्कार गर्नुपर्ने आवाज उठ्न थालेको छ ।

साथै स्थानीय पाठ्यक्रम स्थानीय भाषामै हुनुपर्ने पनि स्थानीयको माग रहेको छ ।

साँखुका स्थानीय ईतिहासविद् प्रकाशमान सक्वका अनुसार साँखुमा सञ्चालन भईरहेको व्रत माधवनारायण स्वस्थानी व्रत हो ।





यसरी विवाद उत्पन्न भएपछि सम्पादन मण्डलमा बसेकाहरु र लेखकहरु समेत विवादमा परेका छन् ।

सामाजिक सञ्जालमा विरोध भएपछि शंखरापुर नगरपालिकाले पुनः छलफल गर्ने काईते कुरा राखेर विज्ञप्ती प्रकाशित गरेको छ ।


यस विषयमा साँखुमा अहिले व्यापक बहस र छलफल भईरहेको छ ।

Post a Comment

0 Comments